नेपालगन्ज – बासद्धारा साप्ताहिक रुपमा हरेक शुक्रवार सञ्चालन भईरहेको ईन्सपाईरिङ्ग युथको १४८ औं श्रृंखला साउन ३१ गते सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार भोजराज शर्मा नादिरले आफ्नो सफलताको कथा सहित उत्प्रेरणात्मक प्रवचन दिएका थिए ।
साहित्यमा फरक पहिचान बनाएका शर्माले कार्यक्रममा बोल्दै १९ बर्ष देखि शिक्षण पेशामा संलग्न रहेको बताए । म बाध्यताले होईन, ईच्छाले शिक्षक बनेको हुँ र शिक्षक बन्नकै लागि मेरो जन्म भएको हो— शर्माले भने ।
बुवाको नौकरीको शिलशिलामा सुरुवा भईरहने कारण धेरै जिल्लाहरुमा पढेको अनुभव सुनाएका शर्माले सरकारी बिद्यालयमा पढ्दा नीजि बिद्यालयमा पढ्ने बिद्यार्थीहरुको हेपाह प्रबृत्तिबाट पीडित हुनु परेको बताए । सरकारी बिद्यालयमा पढ्दा अंग्रजीमा कमजोर हुँदाको पीडा धेरै पटक भोगेपछि मन दुःखेर आफ्नो अंग्रजी राम्रो बनाएको उनले बताए ।
हरेक व्यक्ति के मन दुःखेर सिक्छ, कि चुनौति स्विकार गरेर सिक्छ—शर्माले भने—मैले गित, सँगित र अंग्रजी मन दुःखेर सिकें ।
जाजरकोटमा रहँदा अरु कसैको हारवनियम बजाउन खोज्दा आफ्नो कठालो समातेर कसैले आफुलाई नफालेको भए, नेपाली बिषय पढाउने बिद्यार्थीहरुलाई अंग्रेजी आउँदैन भनेर नीजि बिद्यालयका प्रिन्सिपलले नघोचेको भए न म संगित सिक्थें, न म अंग्रजी सिक्थे —उनले भने ।
लेख्ने, गाउने, पढाउने, बजाउने कार्यमा अव्वल शर्माले कार्यक्रममा कसैले भनेर, अरुका लागि गर्ने भनेर नगरि आफ्नो अन्र्तहृदयले भने बमोजिमको कार्य ईमान्दारिताका साथ गर्ने हो भने जो कोही सफल हुने उनले बताए । उनले सबैलाई आफ्नो कार्य प्रति सन्तुष्ट हुने गरि कार्य गर्न आग्रह गरे ।
मनोबिमर्शकर्ताको पहिचान समेत बनाएका शर्माले हरेक व्यक्ति आफु मानसिक रुपमा स्वस्थ भए, नभएको परीक्षण गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा उनसँग सहभागिहरुले बिभिन्न जिज्ञाशाहरु राखेका थिए ।
कार्यक्रम संयोजक रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा ४० बढि युवाहरुको सहभागिता रहेको थियो ।
२०७३ जेष्ठ १ गते देखि साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिङ्ग युथ कार्यक्रममा बादबिबाद, उत्प्रेरणात्मक प्रवचन, सफलताको कथा बाचन, नेतृत्व बिकास, अनुभव आदान, प्रदान लगाएतका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।