सतिश निरौला –
मिजासिलो केटो अनि मायालु पनि एकै भेटमा सार्है आत्मीय भयो उ म सङ्ग।पहिलो भेट 2018 को हेटौंडा कोरामा भएको थियो युवक सङ्ग मेरो, हेटौंडा को कोरामा साइकल गुडाउदा उ म सङ्ग सङ्गै थियो जब ठाडो उकालो मलाई गार्हो हुँदै थियो छेउमा सङ्गै रहेको युवकलाई हेरे सुइ सुइ कुदाउदै थियो आफ्नै गतिमा अनि त्यसबेला म नि उसलाई हेर्दै जबर्जस्त पच्छ्याए उसलाई ।
उ अलि अलि लजालु नि थियो, हामीले नेपालगन्जमा ” सद्भाव डटकम टुर दि ठाकुरद्वारा -2075″ को आयोजना को निर्णय गरियो अनि त्यो कार्यक्रम को संयोजनको जिम्मेवारी मैले पाए अनि युवक लाई नेपालगन्ज का लागि निम्तो गरे उसले नेपालगन्ज आउन मन्जुर गर्यो तर आउन भन्दा १-२ दिन अघि पटक पटक आफू पश्चिम नेपाल नआएको हुँदा बसमा एक्लै आउन डर लागेको बतायो मैले आराम ले नडराइ आउ म बसपार्क मा रिसिभ गर्छु भने अनि उ आइपुग्यो आत्मीय पुर्वक गला मिलाए अनि भोलिपल्ट को साइकल यात्रामा उ सबै को नजरमा पर्यो र सबै को लागि प्रेरणा समेत बन्यो एउटा खुट्टा ले एउटै पाइडल को भरमा नेपालगन्ज देखि ठाकुरद्वार सम्म को १०० किमि उस्ले मज्जाले पार गर्यो।
यसपटक को नेपालगन्ज कोरा-2019 का लागि सहभागी हुन मैले उसलाई म्यासेज र फोन गरे अनि उस्ले आफू हेटौंडा सहभागिता का लागी पहिले नै खबर गरेकोले यो पटक नेपालगन्ज आउन नसक्ने भन्दै नेपालगन्ज कोरालाइ शुभेच्छा प्रकट गर्यो अनि अर्को कार्यक्रम मा म पक्का आउछु दाइ भन्यो तर हिजो जुन खबरले उसको झुन्डिएको फोटो सहित सामाजिक संजाल मा आयो म स्तब्ध भए हातगोडा नै लागेन एकछिन , जिउभरी काडा फुलेर आए तर यसलाई स्विकार्नु को विकल्प थिएन देशभरका साइकलेहरुको प्रीय युवक लामा सबैलाई दुखी पार्दै अर्को जुनि भेटौला भन्दै बिदा लियो अल बिदा प्रीय भाइ युबक , हार्दिक श्रद्धाञ्जली ।