संयुक्त बजार अनुगमन टोलीले सोमबार पेट्रोल पम्पहरुको अनुगमन गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा तीन वटा पेट्रोल पम्पहरुको अनुगमन गरिएको हो ।
एस के आयल स्टोर्स कारकाँदो, भेरी कर्णाली आयल स्टोर्स भुजाई गाउँ र श्री गणेश सप्लायर्स जानकी ६ गनापुरको अनुगमन गरिएको हो । अनुगमनका क्रममा एस के आयल स्टोर्स कारकाँदोको पेट्रोल र डिजल पम्पबाट तेल नाप्दा शुन्य लेबल भन्दा केही कम देखिएकाले नेपाल आयल कार्यालयबाट पुन जाँच गराई शुन्य लेबलमा ल्याउनका लागि निर्देशन दिइएको छ ।
यस्तै भेरी कर्णाली आयल स्टोर्सको डिजल नाप गर्दा परिणम फरक नपरे पनि मिटरको एरो सरेकाले २४ घण्टा भित्र सो एरो सही गराउनका लागि निर्देशन दिइएको छ भने श्री गणेश सप्लायर्सको एउटा डिजल पम्पबाट अवश्यकता भन्दा बढी डिजल फालेकाले सात दिन भित्रमा मर्मत गरी नेपाल आयल कार्यालयबाट पुन जाँच गराउनका लागि निर्देशन दिइएको छ ।
संयुक्त बजार अनुगमनमा बाणिज्य अपुर्र्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेल, गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका सहायक निरिक्षक बोधराज ढकाल, सिनियर मिस्त्री राम सुरज चौधरी नेपाल आयल निगम नेपालगन्जका उपप्रबन्धक अजित पोखरेल, कार्यालय सहायक शिब चौधरी सहभागिता थियो ।