होटल व्यवसायी संघ बाँकेले नेपाल सरकारको आर्थिक बर्ष २०७६÷०७७ को बजेट प्रभावबारे सोमबार छलफल गरेको छ । संघले नेपालगन्ज वितरक संघ, मदिरा व्यवसायी संघ लगायतसँग बजेटले पारेको प्रभावबारे छलफल गरेको हो ।
संघका अध्यक्ष भीम लाल कंडेलको अध्यक्षतामा भएको छलफलमा होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्ज वितरक संघका अध्यक्ष अमित बस्नेत, मदिरा व्यवसायी संघका अध्यक्ष राजेश श्रेष्ठ, सल्लाहकार हरिलाल न्यौपाने लगायतले बजेटले पारेको प्रभावबारे धारणा राखेका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमको समेत सहभागिता रहेको कार्यक्रममा बजेट लगत्तै भएको मूल्यवृद्धि र त्यसले उपभोक्तामा पारेको प्रभावबारे छलफल गरिएको होटल व्यवसायी संघका महासचिव रंग बहादुर खड्काले जानकारी दिए ।