सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् । भरतपुर १९ मा मतगणना हुँदै गर्दा माओवादी केन्द्र सम्बद्ध प्रतिनिधिले मतपत्र च्यातिदिएका थिए ।