नेपालगन्जमा घुस लिदै गर्दा नासु समातिए

नेपालगन्जन्यूज । भूमिसुधार कार्यालय नेपालगन्जमा कार्यरत नायब सुब्बा शैलेन्द्र कुमार कर्ण मोही जग्गाको बाँडफाँडमा मिलापत्र गराउदा २० हजार रूपैया घुस लिदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुषन्धान को कोहलपुर स्थित सम्पर्क कार्यालयकाे टाेलीले कर्णलार्इ समातेकाे हाे । अहिले कार्यालय हातामा मुचुल्का उठाउने कार्य भइरहेकाे अख्तियार श्राेतले बताएकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया