नेपालगंज नगर र वर परको गाउपलिकामा रहेको घोडा खच्चडमा आश्रित परिवार को कल्याणको लागि जनवारको हक हित मा काम गर्दै आएको अग्रिणी सस्था एनिमल नेपालले एक अध्ययन शुरु गरेको छ ।
जनावर को श्रम प्रयोग गरेर आफनो गुजारा चलाई रहेका मुस्लिम समुदायको कसगर जाति को बाल बालिका, युवा र महिलाहरुलाई बिसेस लक्षित गरि तिनको जीविकोपार्जन, शिक्षा ,जनचेतना र ब्यबसाहिक तालिम दिई समुदायको शसक्तिकरण गर्ने अध्ययनको बिसय रहेको छ ।
यम पी स्कुल रोड , फुलटेक्र्रा, टागा स्टेसन, सुर्खेत रोडको हार्ड वेयर पसलको बूग्गीहरु साथै हिरमिनिया र भवानियापुरको भटन पुर्वा अनि सुब्बा पुर्वामा गरिएको एक अध्ययनले बुग्गी धनिको सामाजिक आर्थिक अवस्था साथै बाल बालिकाको शिक्षा, खोप र गर्भवती महिला स्वस्थ तथा खोप युवा हरुमा अशिक्षा र अदक्षता आदिको समस्या देखिएको कुरा अध्यान टोलि सदस्य उर्वसी राणाले बताउनु भयो ।
अध्ययन टोलिले सरोकार वाला बाके जिल्ला सभासद माननीय आशा बिक, महिला विकास तथा बाल बालिका कार्यालय, पशु क्वारेन्टाइन, जिल्ला पशु कार्यालय, उधोग बाणिज्य महा संघ तथा नेपाल घरेलु तथा साना उधोग कार्यालय सबै संग समन्वय गरेको छ । अध्यन को रिपोर्ट आएपछी लक्षित समुदाय मा विशेष किसिम को परियोजना संचालनमा ल्याईने र जसले गधा घोडा खच्चडमा आश्रित परिवारको आर्थिक अवस्था सुधार गर्ने कुरा एनिमल नेपाल को निर्देसक उत्तम काफ्ले ले बताउनु भयो ।











