सहकारीका पीडितको प्रशासनमा धर्ना

सहकारी वित्तीय विकास संस्था लि. का पीडितहरुले आफ्नो रकम फिर्ताको माग गर्दै प्रशासनमा धर्ना दिएका छन् ।


यसअघि उक्त मुद्दामा जिल्ला अदालत बाँकेमा बुधबार ४१ जना पूर्व कार्यसमिति, कर्मचारी लगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । मुद्दामा कुल ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना भएको निष्कर्ष सहितको मागदाबी सरकारी पक्षले गरेको छ । जसमा बचत रकमको दाबी गर्दै उजुरी गरेका १ हजार ९ जना २६ करोड ९६ लाख ५ हजार ५ सय ८२ रुपैयाँ पनि संलग्न छ । बचतकर्ताहरुका सावाँ र ब्याज सहितको रकम भराई दिन अनुरोध गरिएको छ ।

अदालतमा मुद्दा दर्ता भएपछि केही व्यक्ति पक्राउ परेका छन् । तर, मुद्दा प्रक्रियामा गएपछि बचतकर्ताहरु आफ्नो रकम फिर्ताका लागि दबाब सिर्जना गर्न धर्ना र प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया