स्थानीय तहको निर्वाचन नजिकिंदै गएका बेला सुरक्षा व्यवस्थाको नेतृत्व लिएका गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजिनामा दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाभियोग प्रस्ताव प्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।
सत्तारुढ दल नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका निधिले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि आपत्ति जनाउँदै पदबाट राजिनामा दिएको स्रोतले जानकारी दिएको छ । महाअभियोग जस्तो विषयमा समेत आफुलाई कुनै जानकारी नै नदिई दर्ता गरिएको भन्दै उपप्रधानमन्त्री निधिले राजिनामा दिएको बताएको छ ।
पछिल्लो समय वरिष्ठताको विषयमा समेत निधिले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
प्रधानन्यायाधीशलाई महाभियोग आइजीपी प्रकरण सम्बन्धमा लगाइएको र उक्त विषय आफ्नो मन्त्रालयसँग सम्बन्धित हुँदाहुँदै पनि जानकारी नदिइएकाले राजिनामा दिएको मन्त्री निधिले सञ्चारमाध्यमलाई बताएका छन् ।