यातायात कार्यालयबाट १२ जना पक्राउ

 यातायात व्यवस्था  कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई  पक्राउ गरेको हो ।

सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर  अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

१. विराटनगर महानगरपालिका- ३ का ४१ वर्षीय सञ्जीव कोइराला

२.विराटनगर महानगरपालिका- ३ का २४ वर्षीय राजेश खड्का

३.विराटनगर महानगरपालिका-३ का २५ वर्षीय गौरवकुमार माझी

४.विराटनगर महानगरपालिका- ३ का ३७ वर्षीय राजु कोइराला

५. दुहबी नगरपालिका- ११ का २७ वर्षीय युवराज लम्साल

६.विराटनगर महानगरपालिका-५ का ३१ वर्षीय अनिल बस्नेत

७. विराटनगर महानगरपालिका- ४ का २२ वर्षीय राजीव मण्डल

८. बर्जु गाउँपालिका- ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार

९. कटहरी गाउँपालिका- १ का ३७ वर्षीय भागवत राजबंशी

१०. बुढिगंगा गाउँपालिका- २ का ५० वर्षीय उदय कार्की

११. बुढिगंगा गाउँपालिका- १ का २१ वर्षीय सुनिल दाहाल

१२. विराटनगर महानगरपालिका- ३ का २९ वर्षीय अजयकुमार मण्डल

प्रतिक्रिया

प्रतिक्रिया