भारतमा चार नेपाली लुटिए

भारतबाट रोजगारी पछि नेपाल फर्कंदै गरेको चार जना नेपाली नागरिक भारत बहराईच जिल्लाको नानपारामा लुटेराहरुको सिकार भएका छन् ।

अपरिचित पहाडी मुलका २ जना ब्यक्तिले बिस्कुटको धुलोमा बिषादी मिसाई खुवाई बेहोस बनाई निजहरुको साथमा रहेको भारु ७० हजार रुपैया लुटेको बाँके प्रहरीले जनाएको छ । बसमा बेहोस अवस्थामा रहेका उनीहरुलाई जमुनाहा प्रहरीले उद्दार गरि नेपालगन्ज ल्याएको हो ।

उनीहरुको उपचार भेरी अंचल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । लुटिएका जाजरकोट सुबानाउली ८ बस्ने २१ वर्षिय पारश खड्का, १८ वर्षिय शेर बहादुर थापा, प्रेम थापा, बिरे थापा रहेका छन् । एक जना बाहेक सबै अर्धचेत अवस्थामा रहेको बाँके प्रहरीको भनाइ छ ।

होसमा आएपछि घटना बारे थप अनुसन्धान गरिने प्रहरी निरीक्षक विर बहादुर थापाले बताए ।
भारतबाट आउँदै गर्दा यसअघि नेपालगन्ज भन्सार कार्यालय नजिक लूटपाटमा संलग्न २ जनालाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो । ‘घटनामा नेपाली नागरिकको संलग्नता हुन सक्ने सम्भावनाको हिसाबले अुनसन्धान सुरु हुँदैछ’, एक अधिकारीले भने, ‘सँधै भारतीय लुटेरा मात्रै घटना हुन्छन भन्ने छैन ।’

‘बेहोस रहेका तीन जनाको उपचार पछि उनीहरुले दिएको जानकारीको आधारमा कारवाही र अनुसन्धान अघि बढाउने प्रहरी तयारी छ’, प्रहरी निरीक्षक थापाले भने, ‘तीन जना अर्धचेत अवस्थामा छन् ।’

प्रतिक्रिया

प्रतिक्रिया