नेपालगन्ज : ५२ वटा अटो रिक्सा नियन्त्रण

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका ५२ वटा अटोलाई सोमबार नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक लक्ष्मण बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी र टूाफिक प्रहरीको संयुक्त टोलीले अटो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अटो रिक्साबाट बढ्दो सवारी दुर्घटना न्यूनिकरण तथा टूाफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत नियम विपरित सञ्चालित अटोलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका अटो चालकलाई टूाफिक नियम सम्बन्धी जानकारी समेत दिएको थियो । नियमानुसार सञ्चालन गर्ने गरी अटो छाडिएको प्रहरीले बताएको छ । प्रहरीले दर्ता नभएका, दर्ता नभई नम्बर लेखेका अटो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया