उफ ! नेपालगन्जको गर्मी

देबेन्द्रराज पौडेल

चर्को गर्मीका कारण नेपालगन्ज लगायत पश्चिम नेपालको जनजीवन प्रभावित बनेको छ । शनिबार नेपालगन्ज तापक्रम ४१.६ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार नेपालगन्जको तापक्रम देशकै उच्च रह्यो । यस साता नेपालगन्जको तापक्रम ४० डिग्रीकै हाराहारीमा रहेको छ ।

पछिल्लो एक हप्तामा गर्मी ह्यात्तै बढेपछि अत्यावश्यक काम बाहेक प्रचण्ड गर्मीका कारण कम मानिसमात्रै घरबाहिर निस्कने गरेका छन् । विहान ७ बजेदेखि चर्को घाम लाग्ने नेपालगन्जमा गर्मीले दैनिक जीवनयापनमै असर गरेको
छ ।

गत बर्षको तुलनामा यस बर्ष लोडसेडिङ्ग कम भएको महसुस गरिएपनि लाइन जाने क्रम भने जारी छ । दिनभरीको चर्को गर्मी र राती विद्युत काटिदा सुत्ने समयमा बाध्यभएर जागै बस्नुपर्ने बाध्यता नेपालगन्जबासीको छ ।

बढ्दो गर्मीका कारण नेपालगन्जको सडकलाई जीविकोपार्जनको श्रोत बनाउने रिक्सा, टांगा चालक, फुटपाथ व्यापारी, जुत्ता चप्पल सिलाइ पसलेहरु झनै मर्कामा परेका छन् ।

उम्सिलो गर्मी र दिउँसो ग्राहकहरुपनि नहुने हुँदा आफ्नो दैनिक आम्दानीसमेत घटेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया