चौकीदार भएर गाउको सेवामा लाग्ने छु : कक्षपति

स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तर्फबाट खजुरा गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार किस्मतकुमार कक्षपतिले ‘खजुरा क्षेत्रको विकासका लागि आफु देखेको सपना पुरा गर्ने मौका दिन’ मतदाताहरुसंग आग्रह गरेका छन् ।

शनिबार सोनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै कक्षपतिले खजुरा गाउपालिकालाई देशकै नमुना गाउपालिका बनाउनेदेखि लालपुर्जाबिहिन सर्वसाधारणहरुलाई लालपुर्जाका बनाउन संघर्ष गर्ने उद्घोष गरे ।

खजुराक्षेत्रमा समाजसेवीका रुपमा चिनिएका कक्षपति पश्चिमक्षेत्रकै एक्लो नेपाल क्यान्सर अस्पतालको अध्यक्ष हुन । निर्माणधिन उक्त अस्पतालको सुरुबाटै उनी अध्यक्ष भई अस्पताल निर्माण अहोरात्र खटिदै आएका छन् ।

खजुराक्षेत्रको विकास निर्माणका लागि संधै क्रियाशिल रहेका कक्षपति एमाले बांकेका प्रचार बिभाग र सचिवालय सदस्य हुन । उनलाई जिल्ला कमिटी हुदै प्रदेश कमिटिले गाउपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएपछि घरदैलो अभियानमा छन् ।

स्थानीय पार्टीका कार्यकर्ता र युवा नेताहरुको पहलमा बिभिन्न पार्टीका दुइृ कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रवेश गराएपछि कक्षपतिले भने,–‘म चौकीदार भएर गाउको सेवामा लाग्ने छु ।’

उक्त अवसरमा नेकपा एमालेका प्रदेश कमिटि सदस्य नन्दलाल रोकाय, जिल्ला उपाध्यक्ष निरक गुरुगं, पुर्व सल्लाहकार समिति सदस्य बाबुराम गौतम, सचिवालय सदस्य भिम ओली लगायत स्थानीय नेता कार्यकर्ताहरुले मत मागेका थिए । वडा अध्यक्ष समेत रहेका अतिउल्लाह खाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया