भेरी अञ्चल अस्पतालकी प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले मिडवाईफ्री सेलालाई गुणस्तरिय बनाउनु पर्नेमा जोड दिएकी छन् ।
प्रत्येक बर्ष मे ५ का दिन मनाइने अन्तर्राष्ट्रिय मिडवाईफ्री दिवस सन्दर्भमा मिडसन बाँके शाखाको आयोजनामा शुक्रवार भेरी अंचल अस्पतालको एसबिएको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नर्सिङ्ग प्रशासक श्रेष्ठले अव उत्पादन हुने मिडवाईफले सामान्य प्रसुती गराउने मात्र नभै जटिलताका ब्यवस्थापन र अप्रेसन गर्नमा समेत सक्षम हुनु पर्नेमा जोड दिएकी थिइन ।
मिडसन बाँकेकी संयोजक राम कुमारी बुढथापाको अध्यक्षता र सचिव बसुन्धरा ज्ञवालीले संचालन गरेको कार्यक्रमा जिल्ला जनस्वास्थ्य प्रमुख खिम बहादुर खड्काले बाँके जिल्लामा गत श्रावण देखि हालसम्म १६ जना सुत्केरी हुने आमाहरुको मृत्यु भएको जानकारी दिदै पहिले सुढेनीले प्रसुती सेवा दिए पुग्नेमा अव मातृशिशु मृत्युदर घटाउन दक्ष मिडवाईफीको आवश्यकता रहेको बताए ।
भेरी अंचल अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट बिरेन्द्र बहादुर चन्दले अहिले भइरहेको मिडवाईफी शिक्षा अप्रयाप्त भएकाले मिडवाईफ्री शिक्षाको बिस्तार हुनु पर्नेमा जोड दिए । भेरी अञ्चल अस्पतालकी नर्सिङ्ग अधिकृत शिला शर्माले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै देशले मिडवाईफहरुको लागि थोरै मात्र पनि लगानी गर्न सक्यो भने मातृ तथा शिशुको स्वास्थ्यको अवस्थामा ठुलै सुधार ल्याउने भएकाले त्यस्ता मिडवाईफ्रहरुको सेवाको बिस्तार र सबैको पहुँच योग्य बनाउन लागी सरकारले मिडवाईफी शिक्षाको बिस्तार गर्न जरुरी रहेको बताइन ।
मिडवाईफ, आमा र परिवार : जीवनका साथी’ भन्ने मुल नाराका साथ मनाईएको कार्यक्रममा नानकी पूर्व बाँके अध्यक्ष डा शान्ता आचार्य, नसिङ्ग क्याम्पस नेपालगन्जकी शिक्षण सहायक शान्ति गिरी, मिडवाईफ्रीमा अनुसन्धानरत मिना पौडेलले गुणस्तरिय मिडवाईफी शिक्षामा जोड लिएको कार्यक्रमा नर्सिङ्ग स्टाफहरु स्वस्ती खनाल, रुम कुमारी थनेत, आशा पन्थले हेल्पीङ्ग बेवी ब्रिथ सम्बन्धित प्रषिक्षण गरेका थिए ।
आमा र परिवारसंग साझेदारीमा काम गर्नाले सुरक्षित तवरले बच्चा जन्माउन र उचित निर्णय लिनको लागी आमालाई सहयोग मिलोस भन्ने उद्देश्यका साथ दिवस मनाइएको मिडसन बाँके अध्यक्ष बसुन्धरा ज्ञवालीले बताइन ।