घर भत्काउन उपमहानगरपालिकाको सूचना

नेपालगन्ज उपमहानगरपालिकाले सडक स्तरोन्नतीका लागि सडक क्षेत्र परेका भौतिक संरचना भत्काउन २१ दिने सूचना जारी गरेको छ ।

महानगरपालिकाले नेपालगन्जका विभिन्न सडकहरुको स्तरोन्नतीका लागि ठेक्का आव्हान गर्न लागेकाले मापदण्ड अनुसार सडकका लागि क्षेत्रफल खाली गर्न सूचना जारी गरेको हो ।

१ अर्ब ७१ करोड लागतमा नेपालगन्जका ४० वटा सडकहरु स्तरोन्नती हुने भएका हुन् । सडकसगै नाला समेत निर्माण गरिने भएको हो ।

‘१० दिनभित्रै सडकका लागि ठेक्का गर्ने प्रक्रियामा छौं’, नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्र महर्जनले भने, ‘सडक तथा नाला निर्माणका लागि सडक क्षेत्रफल छाड्नका लागि सूचना समेत जारी गरिसकेका
छौं ।’

‘तोकिएको समयमा संरचना नहटाएमा उपमहानगरपालिका आफैले हटाउने छ’, उपमहानगरपालिकाको सूचनामा उल्लेख छ, ‘उपमहानगरपालिकाले संरचना हटाउदा लागेको खर्च समेत सम्बन्धित जग्गा, घरधनीबाटै असुल गरिनेछ ।’ उपमहानगरपालिकाले सडक क्षेत्रफलको चिन्ह समेत लगाइसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया