होमियो देश चुनावमा

आज ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा उम्मेदवारी दर्ता बैसाख ३१ का लागि स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनसंगै सिंगो देश चुनावमा होमिएको छ ।

निर्वाचन आयोगले आज बैसाख १९ गते २सय ८३ स्थानीय तहहरुमा उम्मेदवारी मनोनयन हुने कार्यक्रम रहेको छ । प्रदेश नं.३, ४ र ६ का ३४ जिल्लाहरुमा मनोनयन हुने छ । आज साँझ ५ बजेसम्म स्थानीय सरकारहरुका आकांक्षीहरुले मनोनयन दर्ता गर्ने छन् । यो संगै देश निर्वाचनमा औपचारिक रुपमा होमिएको हो ।

उम्मेदवारविरुद्ध दावी विरोध र उजुरीका लागि भोली २० गते १ वजेसम्मको समय दिइएको छ । आयोगले स्वतन्त्र उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह बैसाख २२ मा उपलब्ध गराउने छ ।

प्रतिक्रिया

प्रतिक्रिया