महाअभियोगको विपक्षमा सामाजिक संजाल

नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधिस बन्न सफल प्रधानन्यायाधिश सुशिला कार्की विरुद्ध हिजो साँझ संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि सामाजिक संजालमा बहस तातिएको छ । सामाजिक सन्जालमा विभिन्न खाले प्रतिक्रिया तथा विरोधका आवाजहरु उठेका छन् ।

बैशाख ३१ मा तय गरिएको स्थानीय तहको चुनाव हुने नहुने भन्ने बारेमा राजनीतिक अलमल रहिरहेकै बेला महाअभियोगको प्रस्ताव दर्ता हुनुले चुनावको भविष्य अझ अन्यौलमा परेको छ ।

सुडान घोटालाको बारेमा समाचार लेख्ने पत्रकार सरोजराज अधिकारी लेख्छन्, अब धक नमानी भने हुन्छ, यो सरकार ईतिहासकै सबैभन्दा कलंकित, भ्रष्ट, गैर(लोकतान्त्रिक र नालायक सरकार हो । आवरण जे सुकै दिउन्, सुडान घोटाला, लाउडालगायतका ठूला भ्रष्टाचार प्रकरणमाथि फैसला आउँदै गर्दा त्यसका सूत्राधार सत्ताधारीहरू तिल्मिलाएका हुन् ! पास हुने संभावना नरहेको महाअभियोग प्रन्याको अवकास मिति नजिकिँदै गर्दा प्रक्रिया लम्ब्याएर उनलाई निलम्बनकै अवस्थामा बिदा गर्ने षड्यन्त्र हो !

https://twitter.com/SarojrajKtm/status/858635104079405056

नेपाली काँग्रेस बाँकेका संस्थापक सभापति तथा प्राज्ञ सनत रेग्मीले फेसबुकमा लेखेका छन आजको दिन काँग्रेस बौलाएको दिन , विपिको आत्मा रोइरहेछ होला ।

विश्लेषक जुगल भुर्तेल ट्वीटमा लेख्छ्न्,  लोकतन्त्रप्रति समर्पित दैशैभरिका आदरणीय  कांग्रेसजन, के तपाईंको सपनाको कांग्रेस पार्टी यही हो ? होइन भने नेतृत्वको जमेर प्रतिवाद गर्नुस् !

 

सुर्खेतका गणेश आचार्यले लेखेका छन्, बोक्रा पो सिलवाल काण्ड । गुदी त लोकमानको नुनको सोझो, चुनाव नगर्ने इच्छा, सुडान घोटालामा फसिने डर, के के हो के के ! त्यसमाथि प्रभुको ईच्छा ।

आन्दोलनको आहवान गर्दै लेखक दिनकर नेपाल लेख्छन्, जनता जागेपछि तिम्रा प्रभूको केही लाग्दैन। सुशीला कार्कीलाई हरेक स्वाभिमानी नेपालीको समर्थन छ। जागौं, फालौं यो लुटतन्त्र ।

बरिष्ठ पत्रकार नारायण वाग्लेलाई दलतन्त्र ल्याएकोमा दुख लागेको छ । ट्वीट मा उनी भन्छन्, दलतन्त्र ल्यायो भनिएको दलालतन्त्र आएछ। स्वतन्त्र न्यायपालिका जोगाउन जनता नै जाग्नुपर्ने भएन त अब । विश्लेषक विश्णु सापकोटा भन्छन, राजनीतिक नेतृत्व अनैतिक थियो भन्ने थाह थियो तर यति सारो रहेछन् भन्ने पत्याउन पनि गार्हो!

लेखक केदार शर्माको विचार पनि भिन्न छैन । मेरालागि आगामी चुनाव – लोकमान विरुद्ध महाअभियोग दर्ता गर्ने र सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता गर्ने दुई दलका बीचमा मात्र हुँदैछ! सरी!

ट्विटरमा यज्ञसले कटाक्ष गरेका छन् ‘लोकमान फाल्ने, बालकृष्ण पक्राउ गर्न निर्देशन दिने, मैना र सुडानकाण्डकालाई जेल हाल्ने । दलहरुमाथि च्यालेन्ज गरेपछि महाअभियोग नभए के लाग्छ त ?’

सन्चारकर्मी अनुपासिंह राजवंशीले आफ्नो फेसबुक वालमा लेखेकी छिन्, राजाको एकलौटी शासन मान्य छ बरु हामिलाई । इतिहासमै नभाको कुरो हुनु लज्जास्पद नै हो । एउटा महिला प्रधानन्यायाधीश देखि सहेनन ।

फेसबुकमा ओम प्रकाश श्रीवास्तवले लेखेका छन्, प्र. न्या. सुशीला कार्की माथिको संभावित कारवाही सत्य भयो । गणतन्त्र, प्रजातन्त्र, जनमुखी संविधान र कानूनी राज्यको पराजय भयो । छदम भेषधारी जननेताहरुको शाक्तितन्त्रको विजय भयो । जनआन्दोलनको परिणाम नेपाली जनताले यसरी पाई राखेका छन । सारा गल्ती हामै्र हो । अझै कति डिम्बनापूर्ण स्थिति हेर्न बांकी नै छ । कहां छन वीर नेपाली जनता देश लाईृ बचाउने समय आए छैन ? कि यस्तै अन्याय सहेर बांच्दै जाने हो ? अब दलभक्त होईन देशभक्त हुने समय आई सकेको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया