आज संसार भर मे १ अन्तरास्ट्रिय श्रम दिबस मनाईन्छ / श्रमिक को श्रम को सम्मान स्वरूप दीईने यो बिदा ले नेपाल मा भने कुनै पर्ब र उत्सब को रुप् लिन सकेको छैन /श्रम को हक हित मा काम गर्ने संघ सस्था ले सानो तिनो कार्यक्रम वा र्याली गरे र यो दिबस मनाउने गरे पनि आम श्रमिक को मन मा भने अझै बस्न सके को छैन /
नेपालमा मजदुर आन्दोलन को ईतिहास हेर्ने हो भने २००७ साल मा बिराटनगर जुट मिल को मजदुर को हड्ताल बाट शुरु भएको पाईन्छ / त्यस पछी अहिले सम्मै नेपाल मा मजदुर को आन्दोलन सकिएको छौँ न / कमैयामुक्ति को आन्दोलन पछिल्लो सबै भन्दा ठुलो श्रमिक आन्दोनन हो / श्रम मा महिला र पुरुस को समान ज्याला पहुच को मुद्द्दा लाई यस ले केहि हद सम्म स्थापित गर्न सक्यो / देस कै ठुलो हिस्सा कृषि मजदुर रहेको देस मा ज्याला को हक मा अहिले सम्म पनि महिला र पुरुस मा समानता छैन /
श्रम एनले तोकेको ८ घण्टा काम ८ घण्टा आराम को नियम तल्लो स्तर को श्रमिक को मा पुग्न सकेको छैन / निक्रिस्ट प्रकार को काम त्यस मा पनि बाल श्रमिक प्रयोग गर्ने काम बढ्दो छ / होटेल को भाडा माज्ने ग्यारेज आदि मा काम गर्ने , गाडी को खलासी को जन शक्ति प्राय बाल श्रमिक ले धानेको हुन्छन / यस को अनुगमन गर्ने निकया जिल्ला प्रसासन कार्यालय ,महिला तथा बाल बालिका कार्यालय र श्रम कार्यालय को भुमिका खासै देखिन्न बाल अधिकार मा काम गर्ने सस्था पनि परियोजनाको डकुमेन्टमा सीमित देखिन्छन / निम्न स्तर को ज्याला , बिरामी हुदा बिदा नदिने ,औसधि नगरी दिने , गर्भवती सुत्केरी अवस्था मा समेत काम गर्नु पर्ने अवस्था छ /अझ महिला काम दार माथि योन दुर्ब्यबहार आदि श्रमिक का समस्या लाई यस्ता दिबस ले सम्बोधन गर्न सके को छैन /
सरकार ले श्रम एन लागु नगरी दिना ले नेपाल जस्तो सानो श्रम बजार भएको मुलुक मा बिना ईजाजत बिदेशी काम दार ले ठुलो पैसा को श्रम खाएको छन / पर्यटन भिसा मा आएको हरु बिभिन्न एन जी ओ /आई एन जी ओ को परामर्श दाता भए र बसे को छन / ठुलो हाईड्रो पावर को परामर्स दाता बनेर लाखौ रुपैया तलब खाए को छन् / औधधि कम्पनि को बजार प्रतिनिधि बने को छन बिक्रेता बने को छन ईन्सुरेन्स कम्पनि मा बहु राष्ट्रियकम्पनि हरु देखि साना उद्धोग कल कारखाना मा समेत बिदेशी नागरिक ले ओगटेको कारण हाम्रो नागरिक आज खाडी मुलुक मापसिना चुहाउँन बाध्य छन /
श्रम मन्त्रालय श्रम बिभाग बैदेशिक रोजगार मा कामदार पठाउने अड्डा जस्तो देखीको छ / निजि क्षेत्र जहाँ साना तथा मझौला उद्धोग छन जस मा हजारौ काम दार मजदुर ले रोजगारी पाएको छन मनग्गे सरकार लाई कर तिरेको छन त्यस्ता उधोग दक्ष कामदार को अभाब मा रुग्न बन्दै गएको छ / सामान्य जुत्ता बनाउने उद्धोग काम दार को अभाब मा सागुरिएको छ बजार मा बिदेशी ब्रान्ड को जुत्ता ले बजार छाएको छ / तर यस को सरोकार वाला निकाय मौन छ /
नेपालको श्रम बजार यति बेला बिदेशी काम दार को हात मा र नेपालि मजदुर ले काम नपाएको अबस्था मा छ / अदक्ष काम दार मात्र बजार भरि पाईने दक्ष काम दार को भर बिदेशी काम दार कै भर पर्नु पर्ने देखिन्छ / श्रम बजार सुनिस्चित गरि आफनो नागरिक लाई रोजगारी दिने सरकार को नीति खासै प्रभाब कारी बन्न सके को छैन / दक्ष काम दार उत्पादन गर्ने प्राबिधिक कलेज औधोगिक प्रतिस्ठान हरु राजनीतिक भाग बन्डा मा परे को छन जस को कारण गति लिन सके को छैन / निजि क्षेत्र को प्राबिधिक कलेज को शिक्षा को गुण स्तर कमजोर पाईन्छ जहाँ बाट उत्पादित जान सक्ति ले बजार को कमै हिस्सा ओगटेको छन /
सानो श्रम बजार त्यस माथि पनि असमान ज्याला, समय मा नदिने ,पुरा रकम नदिने आदि कयौ मजदुर को समस्या को सम्बोधन यस्ता दिबस बाट हुन् पर्छ तब मात्र यस्ता दिबस श्रमिकहरु को पर्ब को रुपमा , उत्सब को रुप मनाउन सकिन्छ /मन भरि समस्या बोके र यस्ता दिबस आउदा आधा पेट खाने हुदा खाने मजदुर ले खासै मनाएको देखिन्न / बास्तबिक मजदुर मार मापारे र बिदेसबाट आएको मजदुर लाई पोसाउँन यस्ता कार्यक्रम नगर्ने म अन्त रास्ट्रिय श्रम संगठन हरु नेपाली मजदुर युनियन जिफन्ट आदि लाई अनुरोध गर्दछु /