मोर्चाद्धारा बाँकेमा १२ स्थानीय तह प्रस्ताव !

नेपालगन्जन्यूज । मधेशी मोर्चाले बाँकेमा १२ स्थानीय तह बनाउनु पर्नेे बताएको छ । संयुक्त मधेशी मोर्चा बाँकेले शनिबार जिल्ला स्तरीय भेला गरी निर्णय गरेको हो ।

प्रस्तावित स्थानीय तहहरुमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका रहेका छन् । अन्नय सबै गाउँपालिकाहरु हुन् ।

मोर्चाका नेता ललित रौनियारले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिकाकापुनसंरचना अघिका बडा नं. १ देखि २२ र २४ देखि २८ सम्म रहनुपर्ने बताएको छ । यसैगरी वडा नंं.१८ मा हिरमिनियाको वडा नं. ७ पनि समावेश गर्ने बताएको छ । यसैगरी कोहलपुर नगरपालिका रहनु पर्ने बताएको छ ।

राप्ती पारी मटेहियाको वार्ड नं.८ सहित कटकुइया, लक्ष्मणपुर, कालाफाँटा र नरैनापुरलाई समावेश गरी नरैनापुर गाउँपालिका बनाउनु पर्ने निर्णय गरेको छ । यस गाउँपालिकाको जनसंख्या २१ हजार ३३ रहने छ ।
राप्ती सोनारी गाउँपालिकामा फत्तेपुर को वार्ड नं.८ र ९, विनौना र बैजापुर समेटिनु पर्ने र यसको जनसंख्या २२ हजार ८ सय ५६ रहेको छ ।

बेलहरी, गंगापुर र शमशेरगंज समेटि बैजनाथ गाउँपालिका बनाउनु पर्ने र यसमा साविकको बनकटवाको वार्ड नं. ४ पनि समेटिनु पर्ने भनेको छ । खजुरा गाउँपालिका जहाँ राधापुर, सीतापुर र बागेश्वरी समाबेश हुने छन् । यो गाउँपालिकाको जनसंख्या करिब २५ हजार हुने छ ।

शहीद जमील गाउँपालिकाको रुपमा उढरापुर, सोनपुर र रनियापुर समेटि बनाउनु पर्ने मोर्चाको निर्णय रहेको छ । यहाँको जनसंख्या करिब २६ हजार रहेको बताइएको छ । जानकी गाउँपालिकामा साई गाउ, बेलभार र खजुराखुर्द, र इन्द्रपुर (उपमहानपाको वडा नं. २३) लाई समेट्नु पर्ने र यहाँको जनसंख्या करिब २६ हजार रहने छ ।

मटेहिया(वार्ड नं. ८ बाहेक), गंगापुर र फत्तेपुर (वडा नं.१ देखि ७ सम्म) लाई समेटि बघौडा गाउँपालिका बनाउने निर्णय गरेको मोर्चा नेता रौनियारले बताए । यहाँको जनसंख्या करिब २३ हजार रहेको छ ।
मोर्चाले प्रस्ताव गरेका अन्य गाउँपालिकाहरुमा चिसापानी (चिसापानी र नौवस्ता) रहेको छ । यहाँको जनसंख्या २६ हजार रहेको छ ।

अगैया गाउँपालिकामा खास कुश्मा, कचनापुर र महादेवपुरी रहने छन् । जहाँको जनसंख्या २३ हजार रहेको छ ।
बनकटवा र टिटिहिरीयालाई मिलाएर थारु गाउँपालिका बनाउन सकिने मोर्चाले बताएको छ । थारु गाउँपालिकाको जनसंख्या २८ हजार रहने छ ।

यसैबीच, मोर्चाले मधेसका ११ जिल्लाको मात्र स्थानीय तह पुनसंरचनालाई स्वीकार गर्न नसकिने र यो अन्यायपुर्ण रहेको मोर्चाका नेता ललित रौनियारले बताए ।

निर्णयको प्रतिलिपी सहित हाम्रो जिल्ला अध्यक्ष गिरिजा पाठक जी काठमाडौं जानुभएको छ । बाँकेको समग्र विकासमा १२ गाउपालिका हुनुपर्ने पक्षमा हामी रहेका छौंं । उनले बताए ।
यसअघि सरकारले बाँकेमा १ उपमहानगरपालिका र १ नगरपालिका सहित ८ गाउँपालिकाको गठन गरेको थियो ।
मधेसी मोर्चाले पहाड र तराई मधेसमा स्थानीय तहको निर्माण गर्दा फरक फरक मापदण्ड तोकिएकोमा निरन्तर विरोध गर्दै आइरहेको थियो ।

गत साता मधेसी मोर्चा र सरकारबीच भएको सहमती अनुसार तराइ मधेशमा स्थानीय तहको संख्या थप गर्ने र थपिएका स्थानीय तह सहित प्रदेश १, २, ५ र ७ मा जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सहमती भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया