प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग

व्यवस्थापितका सांसदमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुले आइतबार दिउँसो सांसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
महाभियोग प्रस्तावमा 249 जना सांसदले हस्ताक्षर गरेका छन् ।

कार्यपालिकाकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै सांसदहरुले महाधियोग प्रस्ताव दर्ता गरेका हुन् ।

कार्कीमाथि विभिन्न ९ वटा आरोपहरु लगाइएको छ । संवैधानिक प्रावधाअनुसार महाअभियोग दर्ता भएको मितिले ७ दिन भित्र संसदमा पेश गरिसक्नुपर्छ । यसअघि लोकमानसिंह कार्कीलाई हटाउँदा महाअभियोग दर्ता भएकै दिन निलम्बन गरिएको थियो ।

नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वाभ्यास भन्दै प्रस्ताव असफल बनाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया