नेपालगन्ज मिठो खान्छ

(शब्द तस्वीर/विशाल रानामगर)

अहिलेसम्म नमिठे भयो भनेर कसैले भनेका छैनन् ।

उ बेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेपालगन्ज आएपछि पान खान छुटाउदैनथे रे । नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पुरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट,बिरयानी, लस्सी, मलाई चाय र हलुवा पराठा नेपालगन्जका पर्याय परिकारहरु हुन् ।

आज नेपालगन्जको हलुवा पराठालाई चिनाउने पालो ।

बिगत ३ दशक भन्दा बढि समय देखि नेपालगन्जको चौलिक्का चोकमा एकै व्यक्तिले एकै परिकारमात्र एकै फ्लेवरमा बेचिरहेकाछन् । उनि हुन् जमिल शेष र उनले बेच्ने परिकार हो हलुवा पराठा ।

बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या सीमावर्ती बजार रुपैडिहा आवतजावत गर्ने बटुवा मात्र हैनन् उनको हलुवा पराठा नचाखेका कमै होलान् ।

ठुलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्नुपरेको छैन । बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै भएको सुनाउँछन ।

तस्बिरमा हेरौं हलुवा पराठा बनाउने तरिका ।

नेपालगन्ज आउँदै हुनुहुन्छ वा आउनुभएको छ भने नेपालगन्ज रुपैडिहा सडक खण्डको चौलिक्का चोक पुगेर ३० रुपैयामा १०० ग्राम पाइने हलुवा पराठाको स्वाद लिन नबिर्सनु होला है ।

प्रतिक्रिया

प्रतिक्रिया