जुंगे महादेवको दर्शनलाई नयाँ पुल बन्ने

नेपालगन्जमा रहेको यस क्षेत्रकै प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगे महादेव मन्दिरमा आवतजावत गर्नका लागि नयाँ पुल निर्माणको तयारी अघि बढेको छ ।

एरिना डेभलपमेन्ट कन्सल्ट प्रालिले गरेको डिजाइन बारे जिल्ला समन्वय समितिको आयोजनामा शुक्रवार छलफल गरि मन्दिर निर्माणको मोडल तय भएको हो । मन्दिरका महन्थ चन्दन नाथ योगी, बाँकेका प्रमुख जिल्ला अधिकारी र मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रविलाल पन्थ, प्रहरी प्रमुख एसपी टेक प्रसाद राई, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, विभिन्न पार्टीका प्रतिनिधी, कानून ब्यवसायी लगायतले मन्दिर र पुलको मोडेल बारे आफ्नो धारण राखेका थिए ।

जिल्ला समन्वय समितिले यस आर्थिक वर्षमा पुल निर्माणका लागि २० लाख रुपैया“ बजेट छुट्याएको जनाएको छ । हाल चालुरहेको पुल जीर्ण भएको र कुनैपनि समयमा दुर्घटना हुन सक्ने सम्भावना रहेकोले उक्त निर्माण कार्य यथासिघ्र अघि बढाउन बाँकेका प्रजिअ रविलाल पन्थले सुझाव दिए ।

आवश्यक पर्ने थप बजेटको ब्यवस्थापनका लागि जिल्ला समन्वय समिति बाँके तयार रहेको जनाएको छ । मन्दिरलाई बागेश्वरी मन्दिरकै ढाँचामा र पुललाई टुलेनको बनाउने निश्चित भएको हो । पुलको निकास एकै तर्फ राख्ने गरि एक तर्फबाट जाने र अर्को तर्फबा आउने ब्यवस्था सहितको अत्याधुनिक मोडेलको पुल बनाउने तयारी भएको
हो ।

 

प्रतिक्रिया

प्रतिक्रिया