घरबारीटोलमा डष्टविन चोरी !

फोहोर संकलनका लागि घरबारीटोल युवा समितिले घरबारीटोलमा राखेको डष्टविनहरु चोरी भएका छन् ।
समितिले फेसबुक पोष्ट गर्दै डष्टविन चोरी भएको जानकारी दिएको हो ।

युवा समितिले टोलमा फोहर संकलनको लागि २८ वटा डष्टबिन राखेको थियो । सो मध्ये ५ वटा चोरी भएको हो । समितिले चोरी भएका मध्ये ३ वटा डष्टविन फेला पारेका जानकारी दिएको छ ।

समितिले स्थानीयबासीले डष्टविन राख्दा असहज महसुस गरी फालेको हुनसक्ने आशंका गर्दै कसैलाई डष्टविनले असहज भएमा खबर गर्न सूचित समेत गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया