समयमैं काम थाल्न निर्देशन

नेपालगन्ज

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चालु आर्थिक वर्षका कामहरु समयमै थाल्न मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

अाइतवार जिल्लाका कार्यलय प्रमुखहरुकाे नियमित बैठकलाई सम्बाेधन गर्दै प्रिजअ भुजेलले आर्थिक वर्षको उत्तरार्धमा तात्तिने नियतिबाट मुक्त हुँदै समयमै काम अगाडी बढाउन निर्देशन दिएका हुन् ।

जिल्लाका सरकारी कामकाजकाे विषयक समिक्षा सँगै नयाँ आर्थिक वर्षको कार्ययोजना सहित कार्यलय प्रमुखहरूले बैठकमा ब्रीफिङ गरेका थिए । बैठकमा काेष तथा लेखा नियन्त्रण कार्यलय बाँकेका प्रमुख, रामचन्द्र शर्माले वार्षिक राजस्व र खर्चको अवस्था बारे विस्तृत प्रस्तुतिकरण गरेका थिए ।

बैठकमा बाँके प्रहरी प्रमुख बीर बहादुर वली सिहत ५ जना कार्यलय प्रमुखहरुकाे स्वागत र सरुवा भइजानेहरुकाे विदाइ पनि गरेको प्रिजअ भुजेलले दैनिक नेपालगन्जलाई जानकारी दिए ।


प्रतिक्रिया

प्रतिक्रिया