बर्दियाका नागरीक समाज संजाललाई प्रतिबेदन लेखन र अभिलेखिकरण तालिम

समाचारदाता

नेपालगन्ज, असोज ९ ।

बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो ।

बाँके युनेस्को क्लबका महासचिव बुधेश जैसवालको अध्यक्षतामा असोज ६ देखि संचालन गरिएको सो तालिमको उदेश्य बारे क्लबका कार्यक्रम संयोजक महेश नेपालीले जानकारी गराउनु भएको थियो ।संयोजक नेपालीका अनसार सो तालीममा नागरिक समाज संजाल बढैयाताल, दलित महिला संजाल गुलरिया, युवा महिला संजाल राजापुर र युवा संजाल बासगढीका २४ जना र आयोजक संस्थाका गरि ३३ जनाको सहभागिता रहेको थियो ।


सो तालिममा कार्यसम्पादन पछिको एएआरको औजार,स्थानीय परिवेशमा बाल बिबाहको अबस्था, नागरिक समाजको भुमिका, नागरिक समाजको रणनीतिक योजना, संस्थाको सबल पक्ष, कमजोर पक्ष, अबसर र चुनौती, अभिलेखिकरणको महत्व र प्रकार, तथ्यांक संकलन ब्यबस्थापन, नागरिक समाज संजालको संवेगात्मक बौद्धिकता, नितिगत पैरवी, रिक्तता र अवसरको पहिचानको बिषयमा सहजीकरण गरिएको थियो ।


सोही प्रकारले तालिममा पैरवी योजना निर्माणका लागि नेटवर्र्क सम्बन्धि नमुना अभ्यास, उदेश्यमा आधारित जनचेतनामूलक अभियान संचालनका लागि योजना र कार्यान्वयन सम्बन्धि बिषयमा पनि छलफल गरिएको थियो । तालिमका प्रशिक्षक बसन्त कुमार बिसि रहनु भएको थियो ।तालिमको समापन कार्यक्रम सहभागिहरुबाटै प्रमुख अतिथि, अतिथि बनाएर गराईएको थियो ।

नागरिक समाज बढैयातालका सदस्य नेत्र प्रसाद सापकोटाको अध्यक्षता, राजापुर युवा महिला संजालका सचिव दिक्षा बिस्टको प्रमुख आतिथ्यता र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकी र संस्थाका बरिष्ठ सल्लाहकार सिराज खानको उपस्थितिमा तालिमको समापन शत्र सम्पन्न गरिएको थियो ।


समापनमा महिला सहभागीको तर्फबाट राजापुर युवा महिला संजालका सदस्य दिलकुमारी थारु र पुरुष सहभागीको तर्फबाट बाँसगढी युवा संजालका सदस्य राज थारुले तालिमबाट धेरै नयाँ नयाँ कुरा सिक्न पाएको जनाउँदै व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।तलिमका सहभागिहरुलेनै अन्य सहभागिलाई प्रमाणपत्र पनि वितरण गर्नु भएको थियो । अन्तमा तालिमका सहभागीहरुले सिकेका ज्ञान र सिपलाई व्यबहारमा उतार्ने सामुहिक प्रतिबद्धता गर्नुभएको थियो ।

–सिराज खान

प्रतिक्रिया

प्रतिक्रिया