गायक प्रेमराजा महतलाई एउटा प्रश्न :अमेरिका किन भासिनु भयो ?

गायक प्रेमराजा महतलाई एउटा प्रश्नले प्राय: पछ्याइरहन्छ- अमेरिका किन भासिनु भयो ? उनी यसलाई आफ्नो तर्कले यसरी जवाफ दिन्छन्, ‘कलाकार विदेशतिर नगएका भए नेपाली संगीत कसरी संसारभर फैलिन्थ्यो ?’

दुई दशकभन्दा लामो समयदेखि विश्वकै ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा बस्दै आएका छन् प्रेमराजा । धेरैजसो उतै बस्ने उनी बेलाबखत नेपाल आइरहन्छन् र  नयाँ नयाँ गीत श्रोता-दर्शकमाझ ल्याइरहन्छन् । अमेरिकाका लागि नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत समेत रहेका उनका धेरै गीत चर्चित छन् । लोकलयको खाँटी भाका गाउने प्रेमराजाका ‘पानको पात’, सिमसिमे पानीमा’, ‘बाँझो खेतमा’, ‘हिउँचुलीमा हिउँ’जस्ता थुप्रै गीतलाई श्रोता-दर्शकले रुचाएका छन् ।

अहिले पनि नेपाली लोकसंगीतमा उत्तिकै जोशका साथ लागिरहेका प्रेमराजाले अनलाइनखबरको गफ स्टेसनमा अन्तरंग कुराकानी गरेका छन् । अमेरिकामा नेपाली कलाकारको सुख-दु:खदेखि वर्तमान नेपाली संगीतको अवस्था, विदेशमा नेपाली गीत, आफ्ना भावी योजना र नेपाली राजनीतिसम्मका कुरा उनले गफ स्टेसनमा गरेका छन् ।–Onlinekhabar

प्रतिक्रिया

प्रतिक्रिया