नेपालगन्ज उपमहानगरपालिकामा पुनः अतिक्रमण हटाउन सुरु

तस्वीर  : सामाजिक संजाल 

समाचारदाता ,नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा पुनः अतिक्रमण हटाउन सुरु गरिएको छ । उपमहानगरपालिकामा अतिक्रमण हटाएको केही समयपछि पुनः उस्तै हुने गरेको छ ।

अतिक्रमणले सडक, ट्राफिक अव्यवस्थित भएपछि केही महिना अघि उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराएको थियो । त्यसको केही दिनमै अतिक्रमण पुरानै अवस्थामा फर्किएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालयले शुक्रबार संयुक्त रुपमा अतिक्रमण र अव्यवस्थित पार्किङ्ग विरुद्ध कारवाही गरेका हुन् ।

जिल्ला ट्राफिक इन्चार्ज समेत रहेका ट्राफिक प्रहरी निरिक्षक पबिन्द्र बहादुर बमले फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ्गको गुनासो आएपछि शुक्रबार कारकाँदोदेखि विपीचोक सम्मको सडक पेटी खाली गराइएको जानकारी दिएका छन् ।

त्यसक्रममा सडक पेटी मिचेर राखिएका सामान र अव्यवस्थित पार्किङ्ग गरिएका मोटरसाइकल नियन्त्रणमा समेत लिइएको थियो । अतिक्रमणले आवातजावत गर्नेलाई समस्या हुने गरेको छ भने ट्राफिक अव्यवस्थित हुने भएकाले पुनः अतिक्रमण नहोस् भनेर उपमहानगरपालिकाले निरन्तर अभियान जारी राख्नु पर्ने माग स्थानीयबासीको छ । ‘उपमहानगरपालिकाले २÷४ मात्रै वेवास्ता गर्नेहो पुनः उही अवस्था हुनेछ’, स्थानीयबासी रुपेश शर्मा भन्छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि सुर्खेतरोडमा छुट्टाछुट्टै सवारीसाधनलाई छुट्टाछुट्टै पार्किङ्गको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया