प्रदेश नं.५ मा निर्वाचन विरोधी १२५ ब्यक्ति माथि मुद्दा

प्रदेश स्तरीय निर्वाचन सुरक्षा

दोस्रो चरणमा प्रदेश नं.५ को १० वटा जिल्लामा हुन लागेको निर्वाचनका लागि प्रहरीले बढाएको कारवाहीमा १२५ जना व्यक्ति माथि मुद्दा दायर भएको छ ।

प्रहरीले निर्वाचनलाई अशान्त बनाउने, हतियार तस्करी गर्ने, निर्वाचन विरोधी गतिविधि गर्ने १३८ जनालाई पक्राउ गरेकोमा अनुसन्धान पछि १२५ जना माथ मुद्दा चलाएको छ । उनीहरु माथि थप अनुसन्धान समेत भइरहेको प्रहरी भनाई छ ।

५ न. प्रदेशको १० जिल्लाहरुमा मंसिर २१ गते हुन गईरहेको दोस्रो चरणको निर्वाचनमा निर्वाचन विरोधी व्यक्ति तथा समुह बाट निर्वाचनमा मतदाताहरुमा त्रास श्रृजना गर्नका लागि भइरहेका निर्वाचन विरोधी गतिविधिहरुलाई निस्तेज बनाउन चौतर्फी प्रहरी सक्रिय रहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दांगले जनाएको छ ।

 

बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही र नवलपरासी (पश्चिम) गरि १० जिल्लाको १५०१ मतदानस्थल तथा ३१६६ मतदान केन्द्रमा स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा मतदान सम्पन्न गर्नका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी २४ हजार तथा सशस्त्र प्रहरी तथा नेपाली सेनाको पर्याप्त टोली परिचालित रहेको प्रदेश प्रहरीले जनाएको छ ।

 

निर्वाचनलाई लक्षित गरी कुनै पनि बिध्वंसात्मक गतिबिधि हुन नदिनका लागि बिशेष रणनैतिक कार्ययोजना बमोजिम उच्च सतर्कताहरु अपनाइएको प्रहरीले जनाएको छ । सबै सुरक्षा निकाय र निर्वाचन सम्बद्ध अन्य निकाय संगको समन्वयात्मक रुपमा निर्वाचन सुरक्षा व्यवस्थापन गरिएको छ ।

 

सिमा नाकाहरुबाट हुन सक्ने अबैध हातहतियार र विष्फोटक पदार्थको ओसार पसार रोक्नका लागि कुकुर सहितको चेकजाँच टोली सिमाक्षेत्रमा परिचालित रहेको छ । संवेदनसिल तथा संकित स्थानहरुमा विशेष व्यवस्था मिलाईएको र कतिपय स्थानहरुबाट हातहतियार तथा विष्फोटक पदार्थ सहित मानिसहरु पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ ।
सबै जिल्लाहरुमा विभिन्न ब्यारियर सहित चेक प्वाईन्ट खडा गरी सघन चेकिङको व्यवस्था भएको छ । निर्वाचनको मिति नजिकिदै गएकोले मादक पदार्थको ओसार पसार र विक्रि वितरणमा रोक लगाइएको प्रदेश प्रहरीले जनाएको छ । मतदान केन्द्रमा आवश्यक परेमा शीघ्र मद्दतको लागि सबै प्रहरी कार्यलयहरुमा क्युआरटी, मोबाइल टोली रिजर्ब राखिएको छ । सबै जिल्लाहरुमा सवारी साधन, होटल, लज, कारखाना, डेरा तथा अन्य संवेदनसिल स्थानहरुमा निगरानी बढाईएको र आवश्यक्तानुसार खानतलासी, बरामदी र पक्राउ गर्ने व्यस्था मिलाईएको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त, ५ न.प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी र अन्य सुरक्षा निकायका पदाधिकारीहरु समेतको टोलील यसअघि प्रदेश नं.५ को सबै जिल्लाहरुको सुरक्षा अवस्था बारे अनुगमन गरिसकेका छन् ।

 

करिब २८ लाख मतदाता

प्रदेश नं. ५ मा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा अहिले २७ लाख ९५ हजार ४ सय ९९ मतदाता सहभागी हुँदैछन् । निर्वाचन कार्यालयका अनुसार १४ लाख ४ हजार ७ सय ८ जना महिला र १३ लाख ९० हजार ७ सय ७५ महिला तथा १६ जना तेस्रो लिंगी मतदान गर्ने भएका हुन् । प्रदेशमा १२ जिल्लाका ४ उपमहानगरपालिका, ३२ नगरपालिका ७३ गाउँपालिकामा कुल ४८ लाख ९१ हजार २५ रहेको छ ।

१६१२ मतदान स्थल र ३३६८ मतदान केन्द्रमा ३०८ प्रतिनिधी सभा र ५८३ प्रदेश सभाका सदस्यहरु उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया