आठौं खेलकुद भौतिक पूर्वाधारका कारण रोकिने अवस्था छैन

पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली बृहत आठौं राष्ट्रिय खेलकुद सञ्चालनहुने प्रदेश नम्बर ५ अन्तर्गत बाँके, बर्दिया र दाङका प्रमुख भेन्यु अवलोकन गरी संघीय राजधानी फर्किएका छन् । आठौं राष्ट्रिय खेलकुद साविक मध्यपश्चिमाञ्चलमा आयोजनाको जिम्मेवारी उनको एकल निर्णयबाट भएको थियो । आफ्नो कार्यकालमा दीर्घकालीन योजनातयार गरी कार्यान्वयन तहमा लगिएको बताउने पूर्व मन्त्री श्रीपाइलीले निर्माणाधीन संरचना हेरिसकेपछि समयमै आठौं गर्न सकिने धारणा राखे । उनै पूर्वमन्त्री श्रीपाइलीसँग गरिएको संवाद

आठौँ राष्ट्रिय खेलकुद समयमै गर्न सकिन्छ ?
आठौँ राष्ट्रिय ०७५ साल मानै नेपालगन्जमा गर्ने हामीले उद्घोष गरिसकेका छौँ । तोकिएको मितिमा गर्न सक्यौँ भने खेलकुदका लागि ऐतिहासिक हुने छ । नेपालगन्जलाई चिनाउने र प्रदेश नं. ५ का लागि अवसर पनि हो । आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता यो बर्ष नै गर्न सम्भव छ । भौतिक पूर्वाधारहरु पनि धेरै बनिसकेको अवस्था छ । केही प्राइभेट सेक्टर र सरकारी भौतिक पूर्वाधार पनि यहाँ भएकोले प्रतियोगिताका लागि पर्याप्त संरचना भएको मैले पाए ।
आठौँका लागि निर्माण भइरहेका भौतिक पूर्वाधार पनि खेल्न मिल्ने भइसकेको मैले पाए । अहिलेकै अवस्थालाई हेर्नेहो भने पनि हामीले पूर्ण रुपमा प्रतियोगिता संचालन गर्न सक्छौँ । आठौँ खेलकुद भौतिक पूर्वाधारका कारण रोकिने अवस्था मैले देख्दैन । सबै दृष्टिकोणले हेर्दा प्रतियोगिता रोकिने कुनै कारण म देख्दिन । प्रतियोगिताका लागि खेलाडी छनोट भइसकेका छन् । खेलाडीमा उत्साह जागिसकेकोले त्यो उत्साहलाई मर्न दिनहुँदैन ।

चैतमै प्रतियोगिता गर्नुपर्ने बाध्यता छ र ?
नेपाल सरकारले २०७५ मा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनेर निर्णय गरिसकेको छ । सरकार भनेको एउटा साँचो बोल्ने हुनुपर्छ भन्ने सन्देश पनि दिन जरुरी छ । सरकारले सत्य बोल्छ भन्ने आशा जनतामा हुन्छ, त्यसैले पनि पछिल्लो विरासतलाई तोड्दै यस पटक तोकिएको समयमै प्रतियोगिता गराउन जरुरी छ । यदि समयमै प्रतियोगिता गराउन सकिएनभने बर्तमान नेतृत्व र सरकारको अस्तित्व नै हराउनेछ । हामी २०७५ मै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनेर अभियानमै लागेका छाँै र गर्न पनि पर्छ । अव प्रतियोगिता गराउन सम्भव पनि छ ।

प्रतियोगितालाई मात्र ध्यानमा राख्दा कतै भौतिक पूर्वाधारमा असर त पर्ने होइन ?
भौतिक पूर्वाधारहरु अलपत्र पर्दैनन् किनभने विगतका प्रतियोगिता बाट केहीपाठ सिकेका पनि छाँै । जनताले आशंका गर्नु पनि स्वभाविक हो । म नेतृत्वमा रहिरहँदा मैले यो विषयमा राम्रोसँग वुझेको छु र सबैमा विश्वस्त रहन अनुरोध पनि गर्दछु । साथै खेलप्रेमीतपाई हामीले चासो राखिराख्न जरुरी छ ।
पूर्वाधारहरु निर्माण अलपत्र पर्नेमा कुनै आशंका नगर्दा हुन्छ । अहिलेको प्रमुख आवश्यकता भनेको प्रतियोगिता सम्पन्न गर्नु नै हो । यहाँ ठूलो भौतिक पूर्वाधार निर्माण भइरहदा केही बाँकी भएपनि त्यसलाई निरन्तरता दिन सकिन्छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा हेर्दा खेरी के भन्नुहुन्छ ?
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको सक्रियता, लगन र जिम्मेवारी पनले पनि अहिले जुन रुपमा तयारी अघि बढिरहेको छ त्यो सन्तोषजनक नै छ । मन्त्रालयले पनि आठौँ राष्ट्रिय खेलकुदलाई विशेष रुपमा लिएकोले हाम्रो चासो र सहकार्य सदैव हुनेनै छ ।
मलाई कतिपयले सुनाउनुहुन्छ भौतिक पूर्वाधारहरु बनिसकेका छैनन्, खेलाडीहरुका लागि खेल्ने बातावरण पनि बनेको छैन जस्ता भ्रम सिर्जना गर्ने खालका कुरा पनि सुनाइरहनुहुन्छ, तर हामी यो विषयमा गम्भिर नै छौँ । म त्यसैले पनिआफै अवलोकन गर्न आएको हुँ । यसलाई समयमै सुरु गरेर सफलता पूर्वक सम्पन्न गर्ने मेरो पनि जिम्मेवारी हो भन्ने लागेर यसमा चासो लिइरहेको छु । खेलकुद प्रति मेरो असाध्यै प्रेम छ । भौतिक पूर्वाधार हेर्दा यसको नतिजा राम्रो देखिरहेको छु । खेलाडीहरुले मिति चाँडो तोक्नु पर्यो भनिरहेका वेला मन्त्रालयलाई ठूलो जिम्मेवारी पनि थपिएको मैले महशुस गरेको छु ।

यसअघि पनि चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा सम्पन्न भइसकेको छ । त्यो बेलाको भौतिक पूर्वाधारको तुलनामा प्रदेश ५ मा कायापलट नै भएको छ, तर भिआइपि प्याराफिट अझैँपनि निर्माणकै चरणमा भएकाले के प्रतियोगिता तोकिएको समयमा हुन सक्ला ?
हिजोको परिस्थिति भन्दा अहिलेको अवस्था विकसित भइसकेको छ । नेपालगन्जमा झण्डै २१ वर्षपछि राष्ट्रिय खेलकुदप्रतियोगितागर्दै छौँ । त्यसैले पनि यस पटकको प्रतियोगिता इतिहासकै राम्रो हुन जरुरी छ । खेलाडीहरु राष्ट्रका गहना हुन उनीहरुलाई राष्ट्रप्रति भाव जगाउन सकियो की सकिएन भन्ने पनि महत्वपूर्ण विषय हुन सक्छ । खेलाडीलाई अघि बढाउन निरन्तर प्रतियोगिता गर्नु पर्छ । सुविधा सम्पन्न पूर्वाधार सहित नेपालगन्जमा खेल मैदान निर्माण पूरा हुनलाग्दा असम्भव भने केहि छैन । अस्थायी प्याराफिट बनाएर भएपनि समयमै प्रतियोगिता हुन्छ । खेलाडीको मनोविज्ञानलाई बुझ्ने गरी यहाँपूर्वाधार बन्नेमा ढुक्क छु ।

संघीयतालाई यसले कसरी सघाउ पु¥याउन सक्छ ?
देशले खेलकुदका क्षेत्रबाट विकास गैरहेको छ । ग्रामिण स्तरबाट पनि खेलाडीहरु उत्पादनभइरहेका छन् । स्थानीयतहमा भौतिक पूर्वाधारहरु निर्माण पनि भइइरहेका छन् । स्थानीय तहबाटै क्षमतावान खेलाडी उत्पादन गर्नुपर्ने हुन्छ । यसलाई प्रदेश र केन्द्रले पनि बराबर रुपमा सहयोग, सहकार्य गर्दै जान्छ । यतिका भौतिक पूर्वाधार बन्दा यसलाई स्वामित्वलिने धेरै आउन सक्छन् । सबै मिलेर यसलाई जोगाउन आवश्यक छ । खेलकुदले नमिलेको जोडीलाई पनि मिलाउँछ । त्यसैले यो आठौँ राष्ट्रिय खेलकुदले बर्दियाका खेलाडीलाई पाल्पासँग, पाल्पाका खेलाडीलाई बर्दिया, नेपालगन्ज ल्याउने छ ।
त्यस्तै अन्य जिल्लाका खेलाडीलाई मित्रता कायम गर्नेछ । संघीयताले झनै भावनात्मक रुपमाजोड्नेछ । सुदूरपश्चिम, कर्णालीदेखि १ नम्बर प्रदेशलाई समेत प्रतियोगिताले जोड्ने छ ।

दुई वर्षको दौरानमा राष्ट्रिय खेलकुद परिषदले जुन रुपमा काम ग¥यो त्यसलाई कसरी लिनुभएको छ ?
हुन त दुई वर्षको अवधिभनेको लामो समय हो । नेपाली खेलकुदको आशा हिजो एउटा पहुचँ भित्र थियो । पहुचँवालाहरुको मात्र हाली मुहाली थियो । आज हेर्नेहो भने सर्वसाधरणमा पुगिरहेको छ । गाउँ घरदेखि दुर दराज सम्म पुग्न जरुरी छ । अहिले हेर्नेहो भने यसको व्यवस्थापन पक्ष अलि कमजोर छ, तर पनि काम भने राम्रो भइरहेको छ । खेलाडीहरुको भविश्यलाई हेरेर खेलकुद परिषदले कामगर्न आवश्यक छ ।

अब तपाईको तर्फबाट केन्द्रमा के कस्तो पहल हुन्छ ?
मैले प्रत्यक्षअप्रत्यक्ष रुपमा सम्बन्धित मन्त्रालय, निकायमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई संचालनको कुरा गर्ने छु । प्रतियोगितालाई भव्य रुपमा सम्पन्नगर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन ।

प्रतिक्रिया

प्रतिक्रिया