निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न नहुँदा सम्म बजेट ल्याउन नपाइने बताएको छ ।
आयोग अध्यक्ष अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बजेट निर्वाचनको बीचमा ल्याउँदा दोस्रो चरणको निर्वाचन प्रभावित पार्न सक्ने देखिएको हुँदा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।
संविधानमा जेठ १५ लाई बजेट ल्याउने दिने तोकेको छ ।
फागुन १८ देखि लागु भएको स्थानीय निकाय आचारसंहिता दोस्रो चरणको निर्वाचन अवधीभर समेत लगातार यथावत कायम रहने हुँदा सरकारबाट नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचारसंहिता अनुकुल नहुने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


