Thursday, May 14, 2026
घर ब्लग पृष्ठ 133

पवन जायसवाललाई जनमतको शतक रक्तदाता सम्मान

बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिका र एसओएस नेपालगन्जको आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रममा चार जना सञ्चारकर्मी तथा सात महिला सहित ४१ जनाले रक्तदान गरेका छन् ।


आज जेठ ३१ गते विहीवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।


खजुरा क्यान्सर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुभाष मेहता, वरिष्ठ पत्रकार झलक गैरे र एसओएस नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिकहरु होमराज गिरी, सन्दिप आचार्य र पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।


कार्यक्रमको वीचमा आजकै दिन १०० औं पटक रक्तदान गर्ने पत्रकार तथा रक्त अभियन्ता पवन जायसवाललाई “शतक रक्तदाता” को रुपमा सम्मान गरिएको थियो । उहाँलाई नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमतका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकारहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनालले दोसल्ला ओडाएर “शतक रक्तदाता” को रुपमा सम्मान गरिएको हो । “रक्तदान जीवन दान”को महान उद्देश्यका साथ २०४६ साल असोज महिनादेखि निरन्तर रुपमा रक्तदान गर्दै आउनु भएको छ ।


त्यसैगरि कार्यक्रममा रक्तदानको महान अभियानमा हातेमालो गरी सहकार्य गर्ने सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि., नेपालगन्ज–१८ का सञ्चालक स्वयम्सेवी रक्तदाता तथा समाजसेवी श्री कमल कार्की र ६० औं श्रङ्खलासम्म निरन्तर रुपमा प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई उहाँहरुको योगदानको कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।


जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ६० औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकारहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल र शतक रक्तदाता पवन जायसवाल, राप्तीसोनारी गाउँपालिका नेपाल स्वसम्सेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार तथा वडा नं.६ का वडा अध्यक्ष लवराज खरेल, एसओएस युवालय नेपालगन्जकी सहायक निर्देशक मीना भुषाल (तुलाधर) र लक्ष्मण काकीले रक्तदान गर्नु भएको छ ।


यसैगरि नियमित रक्तदाता लक्ष्मण कुमार वैश्य, निरजमान श्रेष्ठ, विनोद कुमार वैश्य, पवन कुमार वैश्य, होमराज गिरी, गौतम प्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी बाँकेका वीरेन्द्र योगी, नेपाल स्वयंसेवी रक्रदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, कोषाध्यक्ष मनमोहन वर्मा पत्रकार खम्भ प्रसाद पुनले रक्तदान गरेका छन् ।


त्यस्तै एसओएस युवालयका राम सुहावन सोनकर, धीरज सिंह, नीरजमान श्रेष्ठ, बिनोद कुमार तमोली, दिपक कुमार जायसवाल, दिपक शाही, दर्शना चौधरी, लक्ष्मी नायक, कृष्ण प्रसाद ओली, श्याम बहादुर थारु, सुमन बडुवाल, सुरज ओली, सरस्वती नेपाली, अनन्या शाक्य, दिपा सापकोटा, विजय प्रसाद मौर्य, दिनेश प्रसाद तमोली, उर्दू साहित्यकार असफाक संघर्ष, खिम कुँवर, रुस्तम अली इद्रिसी, अशोक कुमार मौर्य, हीरालाल मौर्य, धमेन्द्र सिंह, भागीराम चौधरी, रोमान शाही, सञ्जिव योगी, सुरेन्द्र बिश्वकर्मा लगायत ४१ जनाले रक्तदान गरेका छन् ।


प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सन्दिप आचार्य, दिनेश रोकाया, पुनम राना, केशर सिंह डाँगी, वीरेन्द्र योगीले प्राविधिक सहयोग र अन्यमा निखिल जायसवाल सहयोग गरेका थिए ।


वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ६० औं श्रृङ्खलासम्म करीब तीन हजार पाँच सय पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।


स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।


सो कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, कार्यक्रम संयोजक पवन जायसवाल सिद्धबाबा हार्डवेयर प्रालिका सञ्चालक तथा उद्योगी व्यवसायीहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

युवालाई स्वरोजगार बनाउन तालिम

 नेपालगन्ज उपमहानगरपालिकाले युवाहरुलाई स्वरोजगार र उद्यमशील बनाउन ‘३९० घण्टे वाइरिङ तथा प्लम्बिङ तालिम’ दिएको छ । रोजगार सेवा केन्द्रको आयोजनामा नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालि नेपालगन्जले तालिम प्रदान गरेको हो ।

वाइरिङ २० जना र प्लम्बिङ तालिम २० जनालाई दिइएको हो । ४० जना सहभागी तालिमको आज समापन गर्दै नगर प्रमुख प्रशान्त विष्टले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन् । उनले बेरोजगारी न्यूनीकरण गर्न युवालाई सीपप सिकाउँदै आत्मनिर्भर बनाउन नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न तालिम आयोजना गर्दै आएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापाले सीप सिकेपछि त्यसको उपयोगमा ध्यान दिन आग्रह गरे । रोजगार सेवा केन्द्र प्रमुख मन्जु ज्ञवालीले स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि यस प्रकारका तालिम निकै उपयोगी हुने  बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई ‘एड्भान्स्ड’ तालिम दिने योजना समेत सुनाइन् ।

तालिममा सहभागीहरुलाई नगर प्रमुख विष्टले प्रमाणपत्र प्रदान गरेको रोजगार सहायक अनुप बर्माले जानकारी दिए । कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए । 

थाइल्यान्ड प्रस्थान गर्दै ठकुरी

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएका छन् ।

थाइल्यान्डको हातएईमा हुने एसिया राेड रेस फाेरममा भाग लिन उनी थाइ लायन एयरबाट मंगलबार राति बैंकक प्रस्थान गर्ने भएका हुन् । ‘यस यात्राले नेपालगन्ज म्याराथनलाई विश्व दौडको सूचीमा थप एक्सपोजर दिनेछ,’ त्रिभुवन विमानस्थलमा पुगेपछि संस्थापक ठकुरीले नेपालगन्जन्यूजसँग भने ।

एसिया राेड रेस फाेरममा एसियाली राष्ट्रका प्रतिष्ठित म्याराथन आयाेजकहरुकाे भेला हुनेछ । उक्त भेलाले एसियामा म्याराथन तथा राेड रेसकाे विकास र प्रवर्द्धनका बिषयमा बृहत् छलफल हुने रेस नेपालका अध्यक्ष समेत रहेका ठकुरीले बताए ।

यसक्रममा हातएई हाफ म्याराथन र एक्स्पाे अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । साथै हातएई हाफ म्याराथन आयाेजकसँग नेपाली खेलाडीको सहभागिता सम्बन्धमा अलग्गै परामर्श बैठक समेत रहेको ठकुरीले जानकारी दिए । हातएई हाफ म्याराथन आयाेजकले थाइल्यान्डमा वर्ल्ड एथलेटिक्सका लेवल प्राप्त म्याराथन, हाफ म्याराथन र दस किलोमिटर राेड रेस गरि चारवटा अलगअलग इभेन्ट आयोजना गर्दछ ।

वर्ल्ड एथलेटिक्सबाट लेवल प्राप्त राेड रेसमा नेपाली खेलाडीलाई बढीभन्दा बढी सहभागिता गराउन सके नेपाली खेलाडीको स्तर बढ्दै जानेछ । ‘यश बिषयमा गम्भीर वार्ता हुनेछ ।’ ठकुरीले भने । थाइल्यान्डको तीन दिने कार्यक्रम सकेर कर्णाली हाफ म्याराथनका समेत संस्थापक निर्देशक ठकुरी मलेसियाको राजधानी क्वालालम्पुरमा हुने दुई दिने मिलाप पार्टनर कन्फ्रेन्समा भाग लिनेछन् । राेड रेसमा प्रविधिको प्रयाेगका सम्बन्धमा विमर्श हुने ठकुरीले बताए ।

यसअघि ठकुरी भियतनामकाे हाेचिमिन्हमा भएको मास पार्टिसिपेसन वर्ल्ड कन्फ्रेन्समा भाग लिएका थिए । साथै नेपालबाट पहिलोपटक एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे वर्ल्ड कंग्रेस (ओसाका, जापान)मा दुई बर्ष अघिल्लो सहभागिता जनाएका थिए । नेपालगन्ज म्याराथन नेपालमा एम्सकाे पहिलो पुर्णकालीन सदस्य हाे ।

पछिल्लो समय नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा बढ्ता जाेड दिंदै आएको छ । नवाैं धारा नेपालगन्ज म्याराथनका विजेता गाेपीचन्द्र पार्कीले नेपाल रन युके र राष्ट्रिय खेलकुद परिषदकाे सहयोग एवम् सहकार्यमा विश्वप्रसिद्ध टीसिएस लण्डन म्याराथनमा भाग लिन सफल भए ।

सम्बाद छलफल सकारात्मक भइदिए र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सहयोग गरिदिए प्रथम ज्ञान कर्णाली हाफ म्याराथनका विजेतालाई अन्तर्राष्ट्रिय एक्सपाेजर दिने तयारी रेस नेपालले गरिरहेकाे छ । साथै नेपालगन्ज म्याराथनकाे आयोजना तथा व्यवस्थापनमा काम गर्नेलाई समेत अन्तर्राष्ट्रिय एक्सपाेजर दिनेगरी तयारी अघि बढाइएको ठकुरीले बताए ।

दसौ राष्ट्रिय खेलकुद कर्णालीसंगै देशकै ठूलो इभेन्ट– मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशसंगै देशको पनि ठूलो इभेन्ट भएको बताएका छन् ।


युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, सरोकारवालालगायतको उपस्थितिमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा १० औं राष्ट्रिय खेलकुदको सन्दर्भमा भएको बैठकमा मुख्यमन्त्री कँडेलले सो कुरा बताए हुन् । उनले तोकिएको मिति नसर्ने गरी राष्ट्रिय खेलकुद आयोजनाको तयारी अगाडि बढाउनु पर्नेमा जोड दिदै सबैले आ–आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नु पर्ने बताए ।


खेलकुद मन्त्री श्रेष्ठले चुनौतीपूर्ण बजेटमा धेरै काम गर्नु पर्ने बाध्यता रहेको बताउदै ढृढ इच्छाशक्ति, समन्वय र सहकार्य राम्रो भयो भने चुनौतीलाई पार गर्न सकिने धारणा व्यक्त गरे ।


सदस्य–सचिव टंकलाल घिसिङले विगतको कमीकमजोरीलाई नदोहो¥याउनेमा सचेत रहेको बताउदै कर्णाली प्रदेशको अपनत्व भएको छ भन्ने गरी सन्देश दिन जरुरी रहेको बताए । सदस्य–सचिव घिसिङले १० औं राष्ट्रिय खेलकुदका लागि केन्द्रबाट भएका प्रगति बारे प्रकाश पारेका थिए ।


खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले संघीय मन्त्रालयको जिम्मेवारी पूरा गर्न खेलकुद मन्त्रालय गम्भीर र प्रतिबद्ध रहेको बताए ।
सोमबारै खेलकुद मन्त्री श्रेष्ठ र सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन पनि गरेका थिए ।

मानव अधिकार आयोगको कानून संशोधन गर्न सुझाव संकलन


रुपनी जि एम

राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको प्रस्तावित मस्यौदा विद्ययक उपर नेपालगन्जका सरोकारवालासँग सुझाव संकलन गरिएको छ । आयोग केन्द्रिय कार्यालयको आयोजनामा आज बाँकेका सरोकारवालासँग सुझाव संकलन गरिएको हो ।

आयोगको कामलाई थप प्रभावकारी रुपले सञ्चालन गर्नका लागि कानुन संशोधन गर्न थालिएको हो । आयोगलाई आवश्यक सुझाव दिदै लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी ‘नमुना’ले सत्यको अधिकार, पीडितको परिपुरन र र मानव अधिकारको रक्षाका लागि आयोगलाई स्वतन्त्र रुपले अगाडी बढाउनुपर्ने बताउनु भयो । ‘आयोगलाई स्वतन्त्र रुपले काम गर्न दिनका लागि हामीले आजैबाट संकल्प गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ‘आयोगलाई कमजोर बनाइयो भने पीडितलाई न्याय दिन सकिदैन ।’  

यस्तै आयोगका सदस्य मनोज दुवाडीले आयोगको काम अझै प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि कानुन संशोधन गर्न आवश्यक परेको बताउनु भयो । यसका लागि नेपालगन्जबाट पहिलो पटक सुझाव संकलन गरिएको उहाँको भनाई छ । ‘आयोग सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको प्रस्तावित मस्यौदाको विद्ययकलाई सुझावपछि संसदमा पेश गरिने सदस्य दुवाडीले बताउनु भयो । ‘विधेयक प्रस्तुत भईसकेपछि पनि आयोगलाई सबै राजनीतिक दलबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौं,’ उहाँले भन्नु भयो ।

आयोगका सचिव मुरारी खरेल आयोगले नयाँ मस्यौदा प्रस्तुत गरेको बताउनु भयो । संशोधन हुने कानुनमा नयाँ कुराहरु रहेको उहाँले जानकारी दिनुभयो । आयोगको सिफारिसलाई अझ कार्यान्वयन गर्न र जवाफदेही बनाउनका लागि थप कुरा राखिएको सचिव खरेलले स्पष्ट पार्नुभयो ।

संशोधन हुने कानुनमा नयाँ कुराहरु छन्, जसले आयोगलाई गति दिन्छ । आयोगको कामलाई थप प्रभावकारी रुपले सञ्चालन गर्नका लागि कानुन संशोधन गर्न थालिएको हो ।

मुरारी खरेल, सचिव
राष्ट्रिय मानव अधिकार आयोग

सुझाव संकलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नेपाल नेत्रहिन संघ बाँकेका अध्यक्ष भावुकजंग थापा, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतम, फात्तिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्धिकी लगायतले आवश्यक सुझाव दिनु भएको छ । (रासस)

भारतीय सत्तामा मोदीको तेस्रो आरोहण

नेपालको दक्षिण छिमेकी राष्ट्र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार आफ्नो तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् । उनीसँगै ५८ मन्त्रीहरुले पनि आइतबार नै शपथ लिँदैछन् ।


नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा हुने शपथ समारोहका लागि देशविदेशका अतिथिहरु आउने क्रम निर्धारित कार्यक्रमभन्दा १ घन्टा अगाडि नै सुरु भइसकेको छ।


शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली पुगिसकेका छन् भने देशविदेशका ८ हजारभन्दा बढी सहभागी शपथग्रहणमा रहनेछन्।


एनडीए गठबन्धनको समर्थनमा मोदीले गर्ने तेस्रो कार्यकालको शपथग्रहणमा उनीसँग भाजपाका ४६ र गठबन्धनका अन्य दलका १२ जना मन्त्रीहरु नियुक्त हुँदैछन् ।


मोदीले मन्त्रिपरिषद्मा थुप्रै पुराना अनुहारलाई निरन्तरता दिने भएका छन्। उनले आफ्ना पुराना सहकर्मीहरु अमित शाह, राजनाथ सिंह, नितिन गडकरी, निर्मला सीतारमण, पियुष गोयल, एस जयशंकर लगायतलाई यसपटक पनि निरन्तरता दिने भएका छन्।


भारतीय सञ्चारमाध्यमका अनुसार हरदीप सिंह पुरी, गिरिराज सिंह, अनुप्रिया पटेल, ज्याोतिरादित्य सिन्धिया, जेपी नड्डा, मनसुख मान्डबिया, ललन सिंहलगायत पनि मोदी मन्त्रिमण्डलमा महत्त्वपूर्ण नामहरु रहनेछन्।

महासंघले १४ बूँदामा राख्यो आफ्ना सरोकार

पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघ बाँके शाखाका शनिवार आयोजना भएको १४ औं साधारण सभाले १४ बूँदे नेपालगन्ज घोषणा पत्र जारी गरेको छ । तीनै बूँदामार्फत बाँकेका पत्रकार र महासंघका सरोकारहरु राखिएका हुन् ।


१४ बूँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै महासंघ बाँके शाखाको साधारण सभा शनिबार नेपालगन्जमा आयोजना भएको हो ।


नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको साधारण सभाबाट पारित १४ बूँदे घोषणा पत्रमा पत्रकारका विभिन्न विषयहरु उठान गरिएको छ ।


महासंघ बाँकेले पारित गरेको १४ बूँदेँ घोषणापत्रमा समेटिएका विषयलाई सम्बोधन गर्न गराउन गम्भीर भएर महासंघ लाग्ने जनाइएकोछ ।
साधरण सभाबाट पारित भएको १४ बूँदे घोषणा पत्रको पहिलो बूँदामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र प्रबद्र्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तब्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गर्दछ उल्लेखछ ।


यस्तै घोषणा पत्रमा पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्ने जनाइएको छ ।


यस्तै साना लगानीमा सञ्चलन गरिएका महिला भाषाभाषीका मिडियाको संरक्षण सम्बद्र्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गरेको छ । मिडिया मैत्री नीति तथा कानून बनाउन माग गर्दै नेपाल पत्रकार महासंघसंग समन्वय गर्न माग गर्ने बताइएको छ ।


घोषणापत्रमा ‘स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्दछ । स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकता साथ दिने व्यवस्था माग गर्ने’ उल्लेख छ । भने ‘अनलाइन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गर्ने’ जनाइएकोछ ।


महासंघको छैठौं बूँदामा ‘समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधारणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण माग गर्ने’ तथा सातौं बूँदामा ‘श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछ’ उल्लेख छ ।


यस्तै आठौं र नवौं बूँदामा ‘आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दीगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गराउने’ तथा ‘नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स–सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्ने’ जनाइएकोछ ।


‘पत्रकारिता पेशा वा व्यवसायिक क्षेत्रका साझा समस्या तथा सवालहरुमा सरोकारवालाबीच छलफल, अन्तरक्रिया, गोष्ठि, सम्मेलन गरी समाधानका उपाय खोज्नुपर्ने’ घोषणा पत्रमा बताइएकोछ ।


‘पत्रकारलाई निर्बाध रुपमा समाचार तथा फोटो, भिडियो संकलन गर्ने व्यवस्था मिलाउन र पत्रकारका विरुद्ध हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बद्ध सबैमा जोडदार माग गर्ने’ तथा घोषणापत्रमा अगाडी भनिएकोछ ‘महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पत्रकारिता पेशामा आबद्ध गराउन र पत्रकारिता पेशामा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न सम्बद्ध सबैमा हार्दिक आग्रह गर्दछ ।’


यस्तै घोषणापत्र मार्फत ‘बाँकेका पर्यटकीय गन्तब्यहरु बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्फानी बाबा, सन्तानेश्वर मन्दिर, शैयद नुरखलिफा, गुरुद्वारा लगायतका क्षेत्रको विकास निर्माण र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।


महासंघको घोषणापत्र जारीका लागि शंकर प्रशाद खनालको संयोजकत्वमा अर्जुन ओली, मधु पौडेल, विमला चौधरी र आलम खान सदस्य थिए ।
अधिवेशनमा विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।


लियाकत अलि पत्रकारिता पुरस्कारबाट निरज गौतम र शिव डोटेल, क्रियाशिल पत्रकारिता पुरस्कारबाट विजय मल्ल र बैकुण्ठ अधिकारी, सुर्यनाथ गौतम स्वास्थ्य(मुटु) पत्रकारिताबाट शंकर खनाल र शोभा केसी, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट विश्वराज पछलड्ङग्या, रबिन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण ढुङ्गाना(बर्दिया) र अनिता विश्वकर्मा (बाँके), रामकली, रामआधार पत्रकारिता पुरस्कारबाट बिक्रम बुढाक्षेत्री र अभिशेक गुप्ता, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गजेन्द्र गुरुङ्ग, रुपनी जिएम, आँखा स्वास्थ्य पत्रकारिताबाट खम्बप्रसाद पुन, कृष्णराज अधिकारी र चन्द्र बोहरा तथा गुरु खत्री पत्रकारिता पुरस्कारबाट तिलक गाउँलेलाई नगदसहित पुरस्कृत गरिएको हो ।


महासंघले पूर्व अध्यक्ष एवम सल्लाहकारलाई सम्मान गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ । महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीसहित पूर्वअध्यक्षहरु हेमन्त कर्माचार्य, निरज गौतम, प्रेम केसी, झलक गैरे, शुक्रऋषि चौलागाई, रुद्र सुवेदी तथा ठाकुरसिंह थारुलाई सम्मान गरेको छ । त्यस्तै, कानूनी सल्लाहकार एवम बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, सल्लाहकार डक्ट धिताललाई सम्मान गरेको छ ।


संस्थापकका सम्मानमा लियाकत अलि पत्रकारिता पुरस्कार र क्रियाशिल पत्रकारिता पुरस्कार महासंघ बाँकेले स्थापना गरेको पुरस्कार हो भने अन्य दाताले स्थापना गरेको पुरस्कार हो ।
पुरस्कार छनोटका लागि रुद्र सुबेदी संयोजकत्वमा डक्ट धिताल र नवीन गिरीको तीन सदस्यीय समिति गठन गरिएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा विभिन्न पेशागत संगठन तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने महासंघको बन्द सत्रमा सचिव कमल डाँगी र कोषाध्यक्ष विनोद पौडेलले प्रस्तुत गरिएको प्रतिवेदन बहुमतले पारित गरिएको बताइएको छ ।


यसैबीच, महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा देखिएको विवादका कारण महासंघको चुनावको मिति सारिएको जनाएको छ । जेठ २६ गतेका लागि तय गरेको चुनाव आगामी असार दोस्रो साता भित्र गर्ने गरि तयारी थालिएको सचिव कमल डाँगीले बताए ।

सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज: डा. कोइराला

नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निभाएकाले नेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलनको आज नेपालगन्जमा उद्घाटन गर्दै डा. कोइरालाले नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज भएको बताए ।

सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीले कार्यशैली बदल्नुपर्ने बताए । कांग्रेस कमजोर भए अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार हुने दाबी गर्दै सहमहामन्त्री राठौरले कांग्रेस मजबुत बन्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । राठौरले आपसी रिसराग त्यागेर टोल र वडामा संगठन बनाउनतर्फ लाग्न आह्वान गरे ।

जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यद्वय डा. गोपाल दहित र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व जिल्ला सभापतिहरु किरण कोइराला, कृष्णमान श्रेष्ठ र गजेन्द्र हमाल, लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता र मो. नकी खाँ लगायतले सम्बोधन गरेका थिए ।

दोस्रो जिल्ला सम्मेलनमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले बार्षिक नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए । त्यस अवसरमा प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक/एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गरिएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

सभापति गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य तथा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए । 

जिल्ला सम्मेलन गर्दै बाँके काँग्रेस

नेपाली कांग्रेस बाँकेले शनिबार नेपालगञ्जमा दोस्रो जिल्ला सम्मेलन गर्दैछ । सम्मेलनको तयारी पूरा भएको कांग्रेसले जनाएको छ । कांग्रेसले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा करीब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने सभापति नारायणप्रसाद गौडेलले बताए ।

सम्मेलनको नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गर्नेछन् । दोस्रो जिल्ला सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक/एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गर्न लागेको सभापति गौडेलले जानकारी गराए ।

कांग्रेस बाँकेले १४औं महाधिवेशन पश्चात २०७९ चैत १८ गते प्रथम जिल्ला सम्मेलन गरेको थियो । सभापति गौडेलले नेपाली कांग्रेसको विधान बमोजिम नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले गरेको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा, पालिका, नगर, क्षेत्र र जिल्लाले बार्षिकरुपमा सम्मेलन गर्नुपर्ने व्यवस्था भए बमोजिम जिल्लाका केही वडा, पालिका र नगर बाहेक सबै वडा र क्षेत्रमा बार्षिक सम्मेलन सम्पन्न भएको बताए । जिल्ला सम्मेलन विगतको समिक्षा र आगामी दिनको कार्ययोजना प्रस्तुत गर्ने थलो पनि भएकाले उल्लासपूर्ण तरिकाले सम्पन्न गर्न कांग्रेस  बाँके लागिपरेको गौडेलको भनाई छ ।

पत्रकार सम्मेलनपछि वितरित प्रेस नोटमा भनिएको छ, “आम कांग्रेसजन र बाँकेबासीले अनुभूति गर्ने गरी पार्टीको प्रभावकारी उपस्थिति गाउँ–गाउँसम्म पु¥याउन हामी कर्मशील बनेर लागेका छौं । जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने हाम्रो पर्यत्न निरन्तर छ । हामीले स्पष्ट क्यालेण्डर र कार्ययोजनाका साथ काम गरिरहेका छौं ।” पत्रकारमाझ सभापति गौडेलले पहिलो बार्षिक सम्मेलन सम्पन्न गरे पश्चात सुशील कोइराला स्मृति भवनको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाएको तथा तीन बर्षे लक्ष्य भए पनि एक बर्षमै करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको, पार्टी सुदृढीकरण अभियान अन्तर्गत ८१ वटै वडा सभापतिका लागि प्रशिक्षण तथा पाँच वटा पालिकामा पनि पलिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको, जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितका लागि ५५ वटा घर–टहरा निर्माण गरेको, पार्टी संचालनका लागि लाभका पदमा रहेका ब्यक्तिहरुबाट प्राप्त लेबी बिधान अनुसार सम्बन्धित तहमा पठाउने काम शुरुवात गरेको बताए ।

पार्टीका नियमित गतिविधि सञ्चालन, केन्द्रीय क्यालेण्डर अनुसारका अभियान, दिवस, अग्रज नेताका जन्यजयन्ती, स्मृति दिवस तथा रक्तदान, खाना तथा फलफूल बितरण, बृक्षारोपण, अन्य सन्दर्भमा सामाजिक र रचनात्मक कार्यक्रमहरु आयोजना गरिएको पनि नेपाली कांग्रेस बाँकेले जनाएको छ । यस्तै जनचासो र जनसरोकारका विषयमा पार्टीको धारणासहित सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने गरी विज्ञप्ती जारी गर्ने, ध्यानाकर्षण गर्ने, नियमितरुपमा पत्रकारहरुसंग अन्तरक्रिया गर्ने उद्देश्यले पत्रकार भेटघाट, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुसंग नियमित बैठक, अग्रजसंग राय–परामर्श ग्रहण गर्ने काम पनि गरिरहेको सभापति गौडेलले जानकारी दिए ।

सभापति गौडेलले नेपाली कांग्रेस बाँकेका गतिविधिलाई आफ्ना मिडियाहरुमा यथोचित स्थान दिई सहयोग गर्दै आएको भन्दै धन्यवाद दिएका छन् । उनले भने-“सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध छ ।”

पत्रकार सम्मेलनमा पार्टी उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिव शुधांशु कोइराला, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद थारु, प्रवक्ता डिल्ली गिरी, पार्टीका सल्लाहकार हुर्मत न्यौपाने, जिल्ला सदस्य लगायत अन्य नेताहरुको उपस्थिति थियो । 

विद्यार्थीले वितरण गरे तीन हजारबढी यात्रुलाई सर्वतपानी

नेपालगन्जमा बढ्दो गर्मीबीच कैलपाल हस्पिटल एण्ड कलेजका विद्यार्थीले यात्रुलाई चिसो सर्वत पानी वितरण गरेका छन् ।

विद्यार्थीमा मानवीय सेवा भाव वृद्धिका लागि सडकमा ओहोरदोहर गरिरहेका यात्रुहरुलाई निःशुल्क सर्वतपानी रुपमा वितरण गर्ने व्यवस्था कलेजले मिलाएको हो ।


गणेशमान चोकमा बुधवार दिनभर खटिएका कैलपालका विद्यार्थीले ३ हजारबढीलाई चिसो सर्वतपानी वितरण गरेका कलेजका प्रवन्ध निर्देशक संजय सिंहले जानकारी दिए । निर्देशक रेवती सिंहको सक्रियतामा कैलपालका पिसिएल इन जनरल मेडिसिन, पिसिएल मेडिकल ल्याब टेक्नोलोजी, पिसिएल डाइग्नोस्टिक रेडियोग्राफी, डिप्लोमा इन फार्मेसी र कम्प्युटर इन्जिनियरिङका विद्यार्थी मानवीय कार्यमा खटिएका हुन् ।