स्थापनाको ५० औं बसन्त सफलतापूर्वक पार गरेको नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभाको संघारमा आई पुग्दा सम्म म यस उद्योग वाणिज्य संघलाई यहाँसम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अग्रज उद्योगी व्यवसायीहरु प्रति हृदयदेखिनै सम्मान व्यक्त गर्न चाहन्छु । यस बीचमा नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालकै अग्रणी उद्योग वाणिज्य संघको रुपमा स्थापित भइसकेको कुरा समेत सर्वविदितै छ ।
यस्तो गौरबमय इतिहास बोकेको यस उद्योग वाणिज्य संघको नेतृत्व आगामी दिनहरुमा अझै बढी सक्रिय र कृयाशिल रहन अनिवार्य देखिन्छ । वर्तमान कार्यसमितिले त्यसतर्फ उन्मुख हुन खोजेपनि व्यवसायीहरुको चहना अनुरुप सोचे जति सफलता हासिल गर्न सकेको देखिदैन । यसको पछाडि वर्तमान कार्यसमितिको कार्यशैली र संघको विधानमा समेत केही कमीकमजोरी विधमान देखिएका छन् । संघको कार्यसमितिलाई उद्योगी व्यवसायीहरुको पक्षमा अझ बढी क्रियाशिल रहन उत्प्रेरित गर्न संघको विधानमा समय सापेक्ष परिमार्जन गर्न आवश्यक देखिन्छ ।
गत वर्ष २५/२६ औं वार्षिक साधारणसभा हुँदै गर्दा पनि यो विषयमा केही गृहकार्य भएको र विधान संशोधनका केही बुँदाहरु आएका थिए जुन आफैमा पूर्णता भएन जति गहिराईमा जानु पर्ने थियो, जानसकेन त्यसै कारणले विधान समय सापेक्ष परिमार्जन गर्नुपर्छ भन्ने उद्देश्यका साथ मैले हाम्रो वस्तुगत संघ (तयारी कपडा, ब्याग, जुत्ता–चप्पल तथा खुद्रा व्यवसायी संघ) नेपालगन्ज बाँकेमा प्रस्ताव लगि त्यसबाट वस्तुगत संघ संस्थाहरुमा छलफल अगाडि बढाएको अवस्था हो । हाम्रो संस्थाको आगुवाईमा नेपालगन्ज उद्योग वाणिज्य संघको विधान परिमार्जन हुनु पर्छ भनि केही प्रस्तावित मस्यौदा तयार परेका थियौं र त्यसैलाई टेकेर बस्तुगत संघ संस्थाहरु र अग्रज व्यवसायीहरु बीच अन्तरक्रिया र छलफलको पनि आयोजना गरिएको थियो त्यसमा सबैको साथ र सहयोग पाइएको आवस्थालाई मध्यनजर गर्दै हामीले धेरै बस्तुगत संघका आधिकारिक व्यक्तिहरुको हस्ताक्षर सहित विधान परिमार्जनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघमा निवेदन दर्ता गराएको थियौं ।
प्राविधिक कमजोरीका बाबजुद पनि विधान संशोधनको एजेन्डा यो साधारणसभामा आउँछ भन्ने हामीलाई लागेको थियो तर त्यो आउन सकेन यो समयको माग थियो यसलाई सम्बोधन हुन जरुरी थियो तर त्यो हुन सकेन नेपालगन्ज उद्योग वाणिज्य संघ आम उद्योगी व्यवसायीहरुको अभिभावक हो र वस्तुगत संघ संस्थाहरु उसका सन्तान हुन् । वस्तुगत संघ संस्थाहरु जति मजबुत हुँदै जान्छन् त्यति नै मजबुत नेपालगंज उद्योग वाणिज्य संघ हुन्छ । वस्तुगत संघ संस्थाको धारणानै आम व्यवसायीहरुको धारणा हो भन्ने बुझन् जरुरी छ अहिले नेपालगंज उद्योग वाणिज्य संघको २७ औं साधारण सभा हुँदै गर्दा उठाउनु पर्ने विधान संशोधनको विषयमा केही जान्न जरुरी छ भने लाग्छ मैले व्यक्तिगत रुपमा आफ्ना भनाई राख्न चाहन्छु ।
किन आवश्यक छ विधान संशोधन ? र वस्तुगत संघ संस्थाहरुले ल्याएको प्रस्तावित मस्यौदामा के छ भन्ने विषयमा छोटो चर्चा गर्न चाहन्छु ।
बहुपद प्रणाली ः
हामीले प्रस्तावित मस्यौदामा बहुपद प्रणाली र कार्यसमितिमा बृद्धि गरी २५ बटा बढाएर ३१ जना बनाउने प्रस्ताव तयार परेका छौं । हिजो ५००÷६०० जना संघका साधारण सदस्य भएको बेलामा बनाएको विधि र परिस्थितिलाई टेकेर हामी हिडेका छौं । समय परिवर्तनशिल छ अहिले सदस्य संख्या पनि ४ गुणामा बृद्धि भएको छ । यसैलाई आधार मानेर बहुपद प्रणालीमा जादा सस्थालाई घाटा हुदैन फाइदा नै पुग्छ भन्ने हाम्रो धारणा हो ।
१. बरिष्ठ उपाध्यक्ष ः
मौजुदा विधानमा व्यवस्था नभएको र अहिले विधानमा प्रस्ताव गर्न खोजिएको विषयमा १ नं.मा वरिष्ठ उपाध्यक्ष हो । यसले पहिलो कुरा त ३ वर्ष पछाडि अध्यक्ष हुने निश्चित भएपछि व्यक्ति खारिने र नेतृत्वदायी भूमिका पाउँदा परिपक्कको अवस्थामा पुग्छ अध्यक्षलाई काम गर्न सहजता पु¥याउने र अन्य पदाधिकारी तथा सदस्यहरुको कामको मूल्यांकन गर्दै जाने आवस्था हुन्छ ताकि आउने कार्यकाल परिणममूखी बन्न सहयोग पुग्छ यो नेपाल उद्योग वाणिज्य महासंघको अवधारणा सँग पनि मेल खान्छ ।
२. महिला उपाध्यक्ष र वस्तुगत बाट उपाध्यक्ष ः
दोस्रो नं. मा हामीले प्रस्तावित मस्यौदामा राखेको विषय भनेको महिला उपाध्यक्ष र वस्तुगतबाट उपाध्यक्षको व्यवस्था हो । नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्वदायि भूमिकामा पुग्नु भएको भवानी राणाज्यूको गृह जिल्लाबाट यो व्यवस्था लागु गर्न सकियो भने यसले देशैभर सकारात्मक संदेश जान्छ र हामीले महिलाहरुलाई पनि प्रमुख पदमा जाने वातावरणको सिर्जना गर्नेछौं र महिला उद्यमीहरु बृद्धि हुनेमा ठूलो भूमिका खेल्छ साथै यसले नेपाल सरकारको महिला सहभागिता ३३% अवधारणालाई पनि पछ्याउन मद्दत पुग्नेछ अर्को वस्तुगतबाट उपाध्यक्ष बनाउने कुरा आफैमा संकारात्मक छ । किन भने वस्तुगत संघ संस्थामा आबद्ध भएको उद्योगी व्यवसायीहरुको संख्या नेपालगंज उद्योग वाणिज्य संघको कुल सदस्य संख्याको २ तिहाई सदस्यहरु वस्तुगतमा आबद्ध छन् यसले पनि वस्तुगतहरुमाथि न्याय गरेको ठहरिने छ र अझै वस्तुगत संघ संस्थाहरुलाई क्रियाशिल र गतिशिल बनाउन मद्दत पुग्नेछ र वस्तुगत संघ संस्थाहरुको माध्यमबाट व्यवसायीहरुलाई सामाजिक कार्यमा पनि क्रियाशिल गराउन सकिनेछ र यसले आमजनमानसमा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा पनि फरक पर्नेछ । यो अन्य उद्योग वाणिज्य संघको लागि पनि मार्ग निर्देशक बन्न सक्छ ।
३. सम्पूर्ण पदाधिकारी पदमा प्रत्यक्ष निर्वाचन ः
हाम्रो नेपालगन्ज उद्योग वाणिज्य संघको मौजुदा विधानमा भएको व्यवस्थामा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको मात्रै प्रत्यक्ष निर्वाचन हुँदै आएकोमा हामीले प्रस्तावित गरेको मस्यौदामा महासचिव, उपमहासचिव र कोषाध्यक्षको पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट नै निर्वाचित गर्न व्यवस्था हो यसबाट सर्वप्रथमता मुख्य पदको दबेदारको प्रत्यक्ष प्रतिस्पर्धा हुने र निर्वाचित हुने व्यक्ति आम व्यवसायीहरुको प्रत्यक्ष मतबाट नै निर्वाचित हुँदा स्वायंव्यक्तिलाई पनि गर्वको महसुुस हुने र अझै जिम्मेवारी बोध हुने अवस्था हुन्छ भने दोस्रो सदस्यमा निर्वाचित भई आएर माथिल्लो पदमा पुग्दा मतदाताहरुको सोच अनुरुपको जिम्मेवारी प्राप्त नहुनसक्छ र सक्षम व्यक्ति महत्वपूर्ण जिम्मेवारी पाउन बाट बञ्चित हुन सक्छ त्यसले गर्दा सबै पदाधिकारीको प्रत्यक्ष निर्वाचन हुन जरुरी छ ।
४. बर्गीकरण गरि मतदान ः
हामीले प्रस्तावित मस्यौदामा राखेको ४ नं. बुँदामा मौजुदा विधानमा व्यवस्था भएअनुरुप २ वटा उपाध्यक्ष
(उद्योग तर्फको उपाध्यक्ष र वाणिज्य तर्फको उपाध्यक्ष) का विषयमा हो अहिले सम्मको अवस्थामा दुबै उपाध्यक्षलाई नेपालगंज उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण सदस्यहरुको मतदानबाट निर्वाचित गर्ने व्यवस्था रहेकोमा हामीले मस्यौदा गरेकोमा वर्गिकरण गरी मतदान गर्ने व्यवस्था हो जस्तोकी उद्योगको उपाध्यक्षलाई उद्योग तर्फका साधारण सदस्यहरुले मतदान गर्ने र वाणिज्य तर्फका उपाध्यक्षलाई वाणिज्य तर्फका सदस्यहरुले मतदान गर्ने व्यवस्था हो यसले गर्दा उम्मेदवारलाई पनि प्रत्येक्ष दायित्व सो तर्फकै मतदातामा रहने र संस्थाको हितमा अझै बढी क्रियाशिलता र जवाफदेहिता बढने हाम्रो विश्लेषण छ ।
५. नविकरण सम्बन्धमा ः
हामीले प्रस्तावित गरेको मस्यौदामा राखेको अर्को मुख्य बुँदा भनेको नविकरणको विषय हो । मौजुदा विधानमा रहेको व्यवस्थाले गर्दा चुनावमा मतदानका लागि मात्र सदस्य बनदिने र फेरी अर्को चुनावी अवधि सम्म गायब हुने प्रचलनले संस्थालाई फाइदा पुग्दैन र सजिलो सुलब तरिकाले निर्वाचन सम्पन्न हुन नसक्ने अवस्था देखिएको छ । यसले कम्तीमा एक आर्थिक वर्ष नविकरण भएको सदस्यले मात्र मतदान गर्न पाउँने व्यवस्था गरियो भने संस्थाको माया हुने जिम्मेवार व्यक्तिले मतदान गर्न पाउने र त्यही अनुसारको परिपाटी बस्दै जान्छ भने यसले अस्वस्थ प्रतिस्पर्धा हटाई क्षमतावान व्यक्तिलाई नेतृत्वमा ल्याउन सहयोग समेत पुग्छ भन्ने हाम्रो विश्लेषण छ । यसै गरि दोहोरो सदस्य भएका समानन्तर लक्ष्य र उद्देश्य सँग मेल खाने गरि बाँके जिल्ला भित्र गठन भएका कुनै पनि व्यवसायी संघ संस्थामा दोहोरो सदस्यता लिएका व्यक्तिहरुलाई निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएमा संस्थाको हितभन्दा अहित पनि हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई पनि निर्वाचनमा उम्मेदवार हुन उपयुक्त देखिदैन यस विषयलाई पनि सम्बोधन हुने गरि उद्योग वाणिज्य संघको विधानमा संशोधन हुन जरुरी छ ।
६. निर्वाचन मिति ः
अर्को महत्वपूर्ण प्रस्तावमा अहिले विधानमा व्यवस्था भएको २ महिना अगाबै निर्वाचन घोषणा गर्ने जुन व्यवस्था छ । त्यसलाई घटाएर बढीमा ३५ दिन मात्रै राख्दा उपयुक्त हुन्छ भन्ने हो २ महिनाबाट नै चुनावी तयारी गर्दा व्यवसायीहरुको व्यवसायमा दख्खल पुगेको कुरा सबैलाई थाहा भएको हो अर्को भटकिलो, खर्चिलो र लाभको पदको निर्वाचन जस्तै देखिनाले आम व्यवसायीहरुमा निर्वाचनप्रति वितृष्णा पैदा हुन पुगेको छ र यसलाई परिमार्जन गर्न अत्यन्त जरुरी छ भन्ने हाम्रो विश्लेषण छ ।
७. जिम्मेवारीबोध ः
हामीले प्रस्ताव गरेको अर्को विषय भनेको जिम्मेवारी बोध हो निर्वाचनको बेला विभिन्न टिमबाट प्रत्यासी बन्न तछाडमछाड गर्ने निर्वाचित भएपछि जिम्मेवारीको बोध नगर्ने जुन परिपाटी छ यसलाई ध्यान दिन जरुरी छ यति ठूलो संस्थामा कार्यकारीहरुलाई नैतिकवान र जिम्मेवार बनाउन जरुरी छ ताकि आउने दिनमा प्रत्याशी बन्न र निर्वाचित भएपछि त्यही अनुसारको भूमिकामा खरो उत्रन सकोस भन्ने उद्देश्यले विधानमा नै एक पटक कार्यसमितिमा रहेको व्यक्ति पुनः उम्मेदवारहुनको लागि संघले आयोजना गरेका औपाचारिक बैठक र कार्यक्रमहरुमा कम्तीमा ७०% अनिर्वाय उपस्थिती भएको हुनु पर्नेछ भन्ने व्यवस्था राखिएमा यसले सकारात्मक परिणाम ल्याउन सक्छ र संघलाई अझ गतिशिल र क्रियाशिल बनाई व्यवसायीहरुको हितमा काम गर्ने गौरवान्वित संस्थाको रुपमा रुपान्तरण गर्न सकिन्छ ।
८. सल्लाहाकार समिति ः
यसैगरि संघको सल्लाहकार समितिको विषयमापनि हामीेले प्रस्तावित गरेको मस्यौदामा केही फरक धारणा राखेका छौं गतसालको २५÷२६ औं साधारणसभामा आएको यही एजेण्डाले धेरै तरङ्ग पैदा गरेको थियो त्यसै कारणले सल्लाहकार समितिमा मनोनियन गर्दा पनि निश्चित परिधिभित्र रहेर गरियो भने त्यसले संस्थाको हित नै गर्छ त्यसै कारणले हामीले प्रस्ताव गरेको मस्यौदामा सल्लाहकार समितिमा हुनको लागि संघको कार्यसमितिमा रही अनुभव हासिल गरिसकेको, वस्तुगत, व्यवसायीक, सामाजिक संघ संस्थाहरुको नेतृत्व बहनगरेकाहरुबाट मनोनयन गर्दा उपयुक्त हुन्छ भन्ने हाम्रो विश्लेषण छ र पूर्व अध्यक्षहरुलाई भूमिका सहितको संरक्षक बनाउन उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा छ ।
९. स्वतह निलम्बन ः
यसैगरि कार्यसमितिमा निर्वाचित भएका व्यक्तिहरु सार्वजनिक जवाफदेहीको पदमा निर्वाचित वा कुनै राजनैतिक नियुक्ती पाएमा सो व्यक्तिको पद स्वतह निलम्बन हुने व्यवस्था गर्ने र सो निलम्बन भएको व्यक्तिको स्थानमा ३५ दिनभित्र कार्यसमितिले निर्णय गरि पदपूर्ति गर्ने व्यवस्था राख्नु पर्ने अर्को हाम्रो प्रस्तावित मस्यौदाको बुँदा हो ।
अन्तमा यी लगायत विषयहरुमा गम्भीर छलफल गरी साधारण सभाबाट उपयुक्त निर्णय गर्न जरुरी छ र म नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यूहरु लगायत अग्रज उद्योगी व्यवसायीहरु, नेपालगन्ज उद्योग वाणिज्य संघ कार्यसमिति र हाम्रा आदारणिय सम्पूर्ण उद्योगी व्यवसायी सभासद्हरुलाई उपयुक्त वातावरण सहित विधान संशोधनको मार्गमा सहयोग पु¥याई बस्तुगत बाट तयार परिएको प्र्रस्तावित मस्यौदामा उपयुक्त निकासका साथ निर्णयको अपेक्षा छ । (रानाभाट नेपालगन्ज उद्योग वाणिज्य संघ अन्तरगत वस्तुगत संघको अध्यक्ष हुन् ।)