दाङ जिल्ला आफैमा एक प्राकृतिक सौन्दर्यताले भरिपूर्ण र पौराणिक ग्रन्थहरुमा पनि यसको बारेमा उल्लेख भएकाले यस जिल्लाको निकै महत्व छ । यो एक तपोभूयस अनि मठमन्दिरहरुको प्रचुरता, भौगर्भिक सम्भाव्यता तथा धार्मिक पर्यटकीय स्थलका रुपमा देखिएको छ । पबित्र बबई नदीको काखमा चुरे पहाडको फेदीमा अवस्थित धारपानी शिव मन्दिर समुद्र सतहदेखि ६ सय ३३ मिटर उचाइमा रहेको छ । धारापानीको महत्व महाभारत सङ्ग जोडिएको कुरा तेहाका पुजारीले बताए । पाण्डवहरु गोत्रहत्याको पापबाट मुक्त हुन स्वर्ग जाने क्रममा रिहारको गोरेटो बाटोबाट धारापानीमा आइ बसेको, त्यहीं शिवको आरधना गरी ज्योतिर्लिङ्ग स्थापना गरी यहा‘बाट स्वर्गद्वारी गएको इतिहास साक्षी छ भनी पुजारीले जानकारी दिए ।
इतिहासको कालखण्डमा पाण्डवहरुले धारापानी ज्योतिर्लिङ्ग स्थापना गरेदेखि गुरुवा गाउँका चौधरीहरुले साजको रुख दिनभरी लगाएर काट्दा नसकिएर आधा काटेर भोलि पल्ट आउदा रुख जस्ताको त्यस्तै देखेको र शक्ति वाला रुखको रुपमा मानी पुजा गरि छोडेको घटना भएको रहेछ र त्यो रुख अहिले पनि मन्दिरको छेउ मै अबस्थित छ भन्ने किबदन्ती पाइएको छ । अनि संसारको ठूलो त्रिसुल राख्ने परिसरको छेउको जमिन समम्याउने क्रममा रुख काट्न खोज्दा आलो रगत आएको र आज भोलि त्यो रुखलाई बार लगाई पुजा गर्ने गरिएको रहेछ । एक चित्त भएर पुजा गर्यो भने आफुले सोचेको कुरा पूरा हुने पनि भनाइ रहेछ । धारापानीमा ज्योतिर्लिङ्ग भएको स्थानको निकै महत्व बढ्दै गएको छ । क्रमिक रुपमा विकास बिस्तार तथा सम्बद्र्धन र प्रबद्र्धन हुदै गएकाले पाण्डवेश्वर महादेवको मन्दिरको बेग्लै पहिचान बन्दै गएको छ आन्तरिक पर्यटनका साथै भक्तजनहरुको उपस्थिति मन्दिरमा निकै बढेको छ । आजसम्म यो धारपानी शिवमन्दिर स्थानीय भक्तहरुको धार्मिक आस्था र निष्ठाको रुपमा हेर्ने जुन दृष्टिकोण बनेको थियो आज त्यसमा ठूलो अन्तर आएको छ ।
एक सय ५० हेक्टर जमिन जतिमा रहेको यस पाण्डवेश्वर सामुदायिक वनलाई ब्यबस्थित गरि धार्मिक पर्यटकिय बनको रुपमा चिनाउन सके पाण्डवेश्वर मन्दिरका साथै बनको अबलोकन गर्न मानिसहरुको घुइँचो लाग्न सक्छ र त्यो बनमा रक्त चन्दन , सृखण र रुद्राक्ष जस्ता बहुमुल्य धार्मिक रुख हरु सक्दो धेरै लगाउन सके अझै राम्रो हुन्थ्यो । र, त्यहाँ एउटा हेर्न लायक बगैंचा, भिउ टावर बनाउन सके अझै राम्रो हुन्थ्यो । यहाँको सुरक्षा, यातायात, खानेपानी, पिकनिक स्थल आवास जस्तो व्यवस्था गर्ने दायित्व र जिम्मेवारी धारापानी व्यवस्थापन समितिको का‘धमा मात् रहेछ यसलाई सिमितमा नराखेर स्थानीय सरकार, संघसंस्था, राजनीतिक दलहरुको काधमा पनि थपिनु पर्छ । यसलाई साझा पर्यटकीय स्थल बनाउन सरकारले नि निकै मिहिनेत गर्नु पर्छ ।
शिवको सबैभन्दा महत्वपूर्ण र प्रियअस्त्र त्रिशुल नै हो । यही त्रिशुलले मानवताका शत्रुहरुको संहार गरेका थिए । पार्वती पुत्र गणेशको शीर छेदन पनि त्रिशुलले गरेका थिए । धारापानी मन्दिरमा बिश्वको अग्लो त्रिशूल साढे ४१ फिट अग्लो र पन्च धातुको प्रयोग भइ ६ हजार किलो ग्रामको त्रिशुल अलौकिक तरिकाले मनमोहक हुने गरि ठडाइएको छ । यस धारापानी पाण्डवेश्वर मन्दिरलाई हिन्दु हरुका लागि विशेष रुपमा लिनु पर्छ र धार्मिक यात्रा सङै प्रयटकिय छेत्रको रुपमा राखी आन्तरिक प्रयटकका साथै अन्तर्राष्ट्रिय पर्यटककको हबको रुपमा बनाउने सके निकै राम्रो हुने थियो ।