सितल थापा
एकता, संघर्ष र रूपान्तरण वा एकता संघर्ष र नयाँ उचाइमा एकता माओत्सेतुङ र लेनिनको पार्टी संगठनको सिद्धान्त हो । जनयुद्धमा सबै नेता कार्यकर्ताको जनजिब्रोमा झुण्डिएको वाक्य हो ‘ !’ सबैमा माओवादी आन्दोलन र पार्टीको आन्तरिक जीवनमा सजीव नारा बनेको थियो त्यो बेलामा त्यही सिद्धान्त मान्ने यो पार्टीभित्रै संघर्ष, संघर्षबाट विभाजन र विघटनतर्फको यात्राले नेपालमा कम्युनिस्टहरूको आपसी फुट र विभाजनको रोग हो । फुटवादको गैरमाक्र्सवादी रूढिवाद र संकीर्णताले गर्दा बेमौसममा जनविद्रोह र नयाँ जनयुद्धको उद्घोषणसहित भएको विभाजनले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धिसमेत खतरामा परेका छन् ।
विप्लवहरुले प्रचण्ड र बादल मान्छे उही नारा, ब्यवहार, सिद्धान्त, विचार, सन्तुलन र विद्रोह सबै गुमाई सकेको दाबी गरेका छन् भनि प्रचण्ड र बादलले चन्दा उठाउन, कमाउने, बिद्रोह धम्की मात्र र जनक्रान्ती नारा दिएको आरोप लगाउँदै राज्यविप्लव मुद्दा लगाउँदै छन् ।
जनयुद्धको साइनो
पालुङटारले किरण–विप्लवहरू र प्रचण्ड–बादलहरूलाई एकै ठाउँमा थिए । त्यो बेला बाबुराम भट्टराई फरक धारमा उभिएका थिए । अर्को भाषामा भन्ने हो भने बाबुरामको पङ्क्तिबाट प्रचण्ड–बादलहरू किरण–विप्लवहरूको कित्तामा बदली भएका थिए ।
बादल प्रचण्डसंग छुट्टीदाको साइनो
प्रचण्ड नेतृत्व भित्रका आत्म समर्पणवाद र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई त्यागी दक्षिणपन्थी संसदवाद, संशोधनवाद तथा राष्ट्रिय आत्मसमर्पणवादमा फसेको आरोप लगायो संविधानसभाको दोस्रो निर्वाचनसम्मै किरणहरूको नेतृत्व गर्दै निर्वाचन वहिष्कारको उद्घोषसहित निर्वाचन बहिष्कारको त्यो निर्णय लिएको थियो त्यस बेला बादलको संश्लेषण थियो, ‘विद्रोह, सन्तुलन र जनयुद्ध ।’ त्यसलाई व्याख्या गर्दै भनिएको थियो पहिलो सम्भावना विद्रोह हुनेछ । विद्रोह भएन भने सन्तुलन अर्थात् वार्ता हुनेछ र त्यो पनि भएन भने जनयुद्ध हुनेछ ।
आज फेरी बाबुराम भट्टराई फरक धारमा उभिएका छन, बाबुराम माक्सवादी नै रहेनन् । यो बेला राम राम भन्नु बाहेक केही बचेको छैन । हिजोका प्रधान राष्ट्रघाती र माक्सवादी ट्रेडमार्गी केपी, प्रचण्ड र बादलहरूलाई एकै ठाउँमा छन् न जनयुद्ध र बिद्रोह बचेको छ न सन्तुलन नै सबै तिर उनीहरु प्रचण्डकै भाषामा पानी भइसके भनिन्छ पानीमा गन्द, बासना र आकार केही हँुदैन त्यसकारण विप्लव सितको हिजोका सबै साइनो टुटेको छ । भनि विप्लव पुरानो केही साइनो जोड्दै र नयाँ सितको सम्बन्धलाई साइनो रुपान्तरण गर्दै छन् भन्द फरक नपर्ला ।
एकता बिना फुट हुँदैन र फुट बिना एकता रहदैन !
अन्तरसंघर्ष पश्चात पार्टीमा हुने एकता र फुट पार्टी र क्रान्तिको निम्ति सधै ठिक नै ठिक र सधै बेठिक नै बेठिक हुदैन । समय सापेक्ष ढंगले पार्टी र क्रान्तिको निम्ति कहिले फुट ठिक हुन्छ त कहिले एकता ! त्यस्तै फुट नराम्रो कुरा हो, फुट्नु क्रान्तिकारीको रहर होइन तर बाध्यताबस क्रान्तिकारीहरुले कहिलेकाही फुटको बाटो पनि हिड्नु नै पर्ने हुन्छ ! क्रान्तिकारीको निम्ति मुख्य कुरा भनेको क्रान्ति हो, एकता र फुट सहायक हो ! एउटा क्रान्तिकारीलाई हामीले सोध्यौ फुट की एकता ? उसले भन्छ एकता, उसैलाई हामीले फेरि सोध्यौ एकता की क्रान्ति ? निश्चित रुपमा उसले क्रान्ति भन्छ ! किनकी क्रान्तिकारीले सधै क्रान्तिलाई नै केन्द्रमा राखेर सोच्ने गर्दछ । यदि एकताले क्रान्तिलाई अगाडि बढाउने सम्भावना देखिदैन र उल्टो एकताले क्रान्तिलाई बिसर्जन गर्ने सम्भावना छ, उल्टो एकताले क्रान्तिको जरो उघिन्ने सम्भावना छ भने त्यति बेला क्रान्तिकारीको निम्ति फुट प्रिय चिज बन्दछ । फुट्नुको विकल्प छैन फुटेर मात्र सिद्धान्तको रक्षा गर्न सकिन्छ, फुटेर मात्र क्रान्तिको कार्यभार पुरा गर्न सकिन्छ, फुटेर मात्र आन्दोलनका उपलव्धीहरुको उचित रक्षा गर्नसकिन्छ भन्ने ठहर भयो भने त्यति बेला पनि क्रान्तिकारीको निम्ति एकता होइन फुट नै प्रिय चिज बन्छ र उसले त्यही रोज्छ ।
चन्दा उठाउनु अपराध हो भने छातीमा हात राखेर भन्नुस् नेपालको राजनीतिक इतिहासमा सायद प्रचण्ड र बादलहरू नै सबभन्दा धेरै चन्दा उठाउने नेताहरूमा पर्दछन । दस वर्षको युद्ध अवधिमा अर्बै चन्दा उठाए । नेपाली काङ्ग्रेसले पनि तीन–तीनपटक हतियार उठाएको थियो ? बिना चन्दा त्यो सम्भव भएन होला ७० बर्ष भन्दा माथिका बुबाहरुलाई सोध्नुस् त्यसबेला गाली गर्दा पनि यस्तो भनिन्थो, ‘तेरो घरमा काँग्रेस पसोस्” झापा सशस्त्र संघर्षका कमाण्डर केपी ओलीहरूले के चन्दा उठाएका थिएनन् ? तर चन्दा उठाउनु पर्छ भन्ने मेरो तर्क होइन चिनका माओले भनेको एउटा कुरा याद सबै कम्युनिष्टहरुले गर्न जरुरी छ ‘जनता संग सियो पनि न ल्याउ यदि ल्याउ भनि फिर्ता गर’
इतिहासले सिकाएको कठोर शिक्षा
इतिहासले सिकाएको कठोर शिक्षा यही हो कि स्टालिनलाई ‘तानाशाह’ र ‘पागल’ भन्ने पहिलो व्यक्ति उनकै सहकर्मी ख्रुस्चोभ थिए । चियाङ चिङ र चाङ चुङ चियाओहरूलाई फाँसीमा झुन्ड्याउने र जेलमा कुहाएर मार्ने अरू कोही नभएर आफ्नै सहकर्मी सहयोद्धा ‘कमरेड’ हरू नै थिए । मुटु थामेर हामीले विश्वास गर्नैपर्ने भयो, हाम्रा लागि त्यो समय अब धेरै टाढा रहेन ! समयको त्यो ‘फर्ज’ निर्वाह गर्न तपाईंहरू एउटा कित्तामा र विप्लवहरू अर्को कित्तामा ! ‘पट्यारलाग्दो अर्थहीन लामो जिन्दगीभन्दा वीरतापूर्ण छोटो जिन्दगी कैयौँ गुणा आनन्ददायी हुन्छ’ ! माओ फेरिएको साइनो
हिजो अरुले रक्सी खाँदा बोतलै टाउकोमा फुटाल्न जीउमा बजाउने कार्यकर्ताले लुकाइलुकाई तपाईंहरूलाई रक्सी बोकेको, जनसेना र तल्लो तहका कार्यकर्ताहरूले भैसी र सुँगुरको मासु खाँदा तपाईंहरूलाई सके खसी, नभए कुखुराको भाले अनिवार्य पकाउने कार्यकर्ताहरू, जनता र कार्यकर्ताहरू झुपडीमा बसेर ‘सर्वहारा वर्गको हेडक्वार्टर’ लाई ढुङ्गामाटोकै भए पनि पक्की घर खोजेर अनि त्यहाँ भित्तामा चटक्क सफा त्यो सब क्रान्तिका लागि के को लागि समर्पण थियो । त्यसमा साँच्चै असिम विश्वास र माया थियो । आज माया फेरियो, विश्वास फेरियो दुई हेडक्वार्टर भए एउटा संसोधनवादी हेडक्वार्टर र ‘सर्वहारा वर्गको हेडक्वार्टर’ के यही कुरा सत्य हो त ।
तपाईंहरूका छोराछोरी, श्रीमती सके युद्धमा सामेल भएनन्, सामेल थिए भने पनि ती तपाईंहरूसँगै अति सुरक्षित थिए । त्यसैले नै हो उनीहरूले आफ्नो जिउका चोक्टा गोली दागेर चुँडाएको दैनिक देख्ने ‘सौभाग्य’ तपाईंहरूलाई जुरेन । सहिदको कोटा त अलि टाढाकै कुरा भयो तर उता प्रकाण्डको घरबाट त दुई जना भाइ सहिद भएका छन्, त्यो तपाईंहरूकै आदेशको शिरोपर गरेर होइन र । युद्धमैदानमा लड्दालड्दै गोली खाएर । आज विप्लव नेतृत्वको नेकपा जहाँ प्रकाण्ड र अरू थुप्रै नेता–कार्यकर्ताहरू लामबद्ध भएका छन् ती तपाईंहरूकै हिजोका सपनाहरूको अनुयायी हुन् । ती कसरी अपराधी हुन पुगे, तपाईंहरूको दृष्टिमा ? जसले हजारौं तोला सुन खाएर दिसा गरेका छन्, ती अपराधी नहुने ? जसले अर्बौँअर्ब भ्रष्टाचार गरेका छन्, ती अपराधी नहुने ? जसले देशको प्राकृतिक स्रोतसाधन विदेशीलाई कौडीको मोलमा बेचेका छन् ती अपराधी नहुने ? शिक्षा र स्वास्थ्यलाई सुपर मार्केटको व्यवसाय बनाएर जनताको जिन्दगीमाथि खेलवाड गर्नेहरू अपराधी नहुने अनि त्यसको विरोध गर्ने पार्टी र तिनका नेता कार्यकर्ताहरू अपराधी हुने ?
बादल प्रचण्ड सित छुट्टिदा भनेका थिए प्रचण्डलाई ‘लालगद्दार’, भारतीय जासुसी संस्था ‘र’ को एजेन्ट भनेको अहिले पनि हाम्रो दिमागमा बेलाबखत प्रतिध्वनित भइरहन्छ । तपाईंले पालुङटारमा भनेको विद्रोह, एकता र रूपान्तरणको नारा अहिले पनि त्यो हाम्रो मार्गदर्शन भइरहेको छ । बादल कमरेड, जुन सत्ताको तपाईं आज गृहमन्त्री हुनुहुन्छ । तपाईंले खारेज गर्ने भनेको ‘सिन्डिकेट’ खारेज भयो त ? काममा लापरबाही गर्ने ठेकेदारहरू तपाईंका आदेश लत्याउँदै हिँडिरहेका छन् नि ? अनि सुनकाण्डका ठूला माछाहरू गहिरो तलाउमा आरामदायी रोमान्स गरिरहेको तपाईंलाई थाहा नै त छ होला ?