सम्बन्ध बिच्छेद कानुनी रुपमा मात्र, सामाजिक रुपमा हुन्न

सुरेन्द्र दिप कार्की

‘लोग्ने स्वास्नी को झगडा पराल को आगो’ फेसबुक युग भन्दा पहिला को पुस्ताले यसै भन्थे । झगडालाई सामान्य रुपमा लिन्थे मिलेर सहेर बस्थे तर अहिलेको पुस्ताले उखान पनि रिमिक्स गरेको छन मिलेर पनि बस्दैनन सहदा पनि सहदैनन । ‘लोग्ने स्वास्नी को झगडा, साथि भाईलाई कुरा काट्ने मसला’, भन्छन्, ‘तुरुन्तै कानुनी बाटो समाउँछन् ।’
श्रीमानले फेसबुकको पासवर्ड मागेको कारण विहा भएको केहि दिन मै एक शिक्षित खानदानी युवतीले सम्बन्ध बिच्छेद गरिन् । ‘यत्रो लामो जिन्दगी कसरि संगै काटिएला, उसलाई मेरो विश्वास नै छैन भने । पास वार्ड मेरो व्यक्तिगत मामला हो कारण यस्तो बताइन् । फेसबुकको च्याट, कमेन्ट, लाइकको कारण आज सयौंको घर झगडा भएको छ ।
प्रविधिको कारण र प्रमाणको आधारमा सयौको घरबार विग्रेको छ भने आश्रित सन्ततिको जिन्दगीमा एक अभिभावकको कमि भएको छ । सन्तानको लागि बाबु आमा दुवैको मायाको जरुरी हुन्छ तर आवेगमा आएर शंकाको भरमा असमझदारी, ईगोको कारण कानुनी सहारा लिदा धेरै बच्चा मारमा परेको छन । पढाई बिगारेको छन् कुलत कुसंस्कारको शिकार भएको छन् । हाल सालै चर्चित कलाकार मनोज गजुरेलले सम्बन्ध बिच्छेद गरको कुरा भाइरल भएर आयो । छोरा गजुरेलले जिम्मा लिए छोरी श्रीमतीले जिम्मा लिइन् । बाँकी जीवन अर्को केटि संग विवाह गरेर सुखीसँग बस्न सुझाव समेत दिइन् ।

 
सम्बन्ध विच्छेद एक जोडीले पहिलाको सन्तान सहित विवाह गरेछन् । उनीहरुबाट सन्तान भएछ बच्चाहरु खेल्ने बेला झगडा गरेछन् । ‘तपाईको बच्चा र मेरो बच्चा मिलेर हाम्रो बच्चालाई पिटेछन्’ श्रीमान समक्ष आमाले भनिछन् । अब समाज तपाईको बच्चा र मेरो बच्चा तर्फ अगाडि जादै छ । विवाह स्वर्गमा नै तय हुन्छ अनि यहाँ जोडी बन्छ भन्छन् बुढा पाका । सबैको ईच्छा चाहना माया गर्ने राम्रो श्रीमान्÷श्रीमती पाइओस् जीवन सुखी होस् खुसि होस् भन्ने हुन्छ । तर, विवाहित सबै मानिस सुखी खुसि हुन सकेका हुँदैनन् । अर्काको जीवन सुखी मेरो चै दुखि भन्ने धेरै छन् । धेरै विवाहितहरु वैवाहिक जीवनबाट खुशि हँुदैनन्, सोचाई र व्यवहार फरक पाउछन । मसिनो प्यारो स्वर ठुलो हँुदै खस्रो, टर्रो, तितो र झर्को लाग्ने हुन्छ अनि झगडा सुरु हुन्छ । साथी भाई छिमेक इस्टमित्र सबैको कुरा काट्ने बाटो हुन्छ । मन अशान्ति भएपछि यो दुनियाँ सबै निरास हुन्छ । कतिले कमजोर मन हुनेहरु आत्महत्या गर्छन्, कति डिप्रेसनमा जान्छन् कडा हुनेहरु छुट्टिएर बस्छन् । असन्तुष्टीको ठूलो पीडाको बीचमा मानव जीवन समाप्त गरेर यो धर्तिबाट बिदा हुन्छन् ।

 

 
सामजशास्त्री मनोवैज्ञानिकहरुले यस विषयमा धेरै अध्ययन अनुसन्धान गरेको छन् । आजभोलि धेरै मानिसहरु परामर्श दाता (मनोवैज्ञानिक, धार्मिक गुरु र ज्योतिष) को सल्लाह लिएर पनि नयाँ जीवन सुरुवात गरेको उदाहरण पनि छ । कति निराशावादीहरु चाहीँ फुटेको भाडा कहाँ जोडिन्छ भन्ने उदाहरण दिएर झन सम्बन्ध विगारिदिने गरेको हाम्रो समाजमा छ । सकारात्मक सोच, आचरणमा सुधार विचारमा परिवर्तन ल्याएर धेरै बिग्रेको सामाजिक सम्बन्धहरु सुध्रेको छ । ठुलो युद्ध झगडा र वैमनश्यताहरु समेत आजभोलि वार्ताको माध्यमबाट समाधानमा पुग्ने गरेको छ । हाम्रै देशमा यसको उदाहरण छ । वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएर आज सरकार चलाको हाम्रै आँखा साक्षी छ । यो कुरा घरमा पनि लागु गर्न सक्छौ । श्रीमान् श्रीमतीको बीचमा चित्त नबुझेको कुरा एक आपसमा छलफल गरेर पनि अगाडि बढ्न सकिन्छ । दुवैको मनको कुण्ठालाई निकालेर औषधि गर्न सकिन्छ । राजनीति पाटीको कार्यकर्ताहरु चित्त नबुझेको कुरा ‘नोट अफ डिसेन्ट’ लेखेर अगाडि जाने गर्दछन् । हामीले पनि श्रीमान् श्रीमतीको कति बानी चालचलन मन नपरेको मलाई यस्तो मन पर्दैन कृपया मेरो अगाडि नगरिदेउ बाँकी सबै ठिक छ भनेर अगाडि जान सकिन्छ । फरक घर परिवार, परिवेश संस्कारबाट आएको जोडीको सबै व्यवहार सबैलाई मनपर्छ भन्ने हुँदैन र केहि बानि कसैको राम्रो हुन्छ केहि नराम्रो हुन्छ राम्रो बानीको प्रशंसा गर्दै नराम्रो सुधार गर्दै जाँदा जीवन स्वर्ग बन्न सक्छ । किनकी परिवार पनि सामजशास्त्र अनुसार एक सामाजिक संस्था हो । संस्था संचालन गर्न यस्तो कुरा सहायक हुन सक्छ ।

 

 
एक पटक एक जोडी समबन्ध विच्छेद गर्न भनि परामर्श दाताकोमा गएछन् । परामर्श दाताले श्रीमतीलाई सोधेछ, किन विच्छेद गर्न चाहनुहुन्छ ? उनले भनिन, ‘म दिन भर घरमा एक्लै हुन्छु कोही साथी छैन । उहाँ अफिसबाट आउनु हुन्छ अनि लुगा मोजा सोफामा फालेर केहि नबोली सुत्नु हुन्छ ।’ त्यसपछि श्रीमान्लाई सोधेछ । श्रीमान्ले भने, ‘म आफिसबाट थाकेर आउँछु चिया खाजा केहि सोध्दिन ।’ परामर्शदाताले श्रीमतिलाई श्रीमान्लाई खाजा बनाउन खुवाउन र श्रीमान्लाई दिउँसो अफिसबाट फोन आएपछि पनि आज दिनभरि के गर्यो के खायौ भनेर सोध्न सिकाएछ । अनि १ हप्ता पछि आउनुहोस म सम्बन्ध बिच्छेदको तयारी गर्दै गर्छु भनि पठाए छ । एक महिना बित्दा पनि त्यो जोडी आएनछ । एक दिन बजारमा हासी खुसी घुमेको देखेर परामर्श दाताले खै त आउनु भएन ? जोडीले संगै जवाफ दिएछन् हामीले बानी सुधार गर्यौ । हजुरलाई धन्यवाद ।

 

 
पश्चिमाहरुले विवाहलाई करार सम्झौता मान्ने भएकोले त्यहाँ सम्बन्ध बिच्छेद हुन्छ । तर, पूर्वीया दर्शन हिन्दु धर्मशास्त्र अनुसार, सम्बन्ध बिच्छेदको चलन छैन । ऋग्गवेदको मन्त्र उच्चारण गरेर सम्पूर्ण ऋषि, कुल देव, ईस्ट देव, पितृ देवलाई आव्हान गरि गोत्र परिवर्तन गरिन्छ । अनि छोरी कन्यादान दिने चलन छ । कानुनी रुपमा सम्बन्ध विच्छेद भएपनि सामाजिक रुपमा विच्छेद हँुदैन । जिम्मेवारी न हुन् सक्छ तर सम्बन्ध विच्छेद नै भने हुँदैन । किनकी एक पटक गाँसिएको सम्बन्ध मिटाउने कुनै केमिकल अहिलेसम्म यस धर्तिमा छैन । बिग्रेको सम्बन्ध पुन जोड्न सकिन्छ, फाटेको मन प्रेमले भर्न सकिन्छ तर विच्छेद भने हँुदैन ।

 

 
हिन्दु धर्मशास्त्र अनुसार, विवाह संस्कारलाई ज्यादै महत्वपूर्ण स्थान दिएको पाइन्छ र संस्कार पुनर्जन्म आदि संग जोडिएको कारण परिणय वा पाणीग्रहण भन्ने गरिन्छ । मनुस्मृतिको अनुसार, कोहि पनि मानिसले श्रीमती आप्mनो इच्छा अनुसार पाउँदैन । सुर्य आदि देवताले दिएको स्त्री मात्र पतिले पाउने गर्दछ । वेदका अनुसार गर्भ ग्रहण गर्न स्त्रीको र गर्भाधान गर्न पुरुषको सृष्टि भएको हो । त्यसकारण अगन्याधान आदि साधारण धर्म पनि पुरुषले स्त्री को साथ गर्नु पर्दछ ।

 

 
मनुस्मृतिका अनुसार, स्त्री विना पुरुषलाई पूर्ण मानिएको छैन । पुरुष अपूर्ण रहन्छ जबसम्म स्त्री स्वदेह र सन्तान प्राप्त गर्दैन । यी तीन कुराले मात्र पुरुष पूर्ण हुन्छ । स्त्री त्याग गरेर पनि स्त्री पतिको स्त्रीत्वबाट मुक्त हुँदैन । पहिले ब्रम्हाले बनाएको धर्म यहि हो । ऋग वेदको मन्त्रद्वारा वर र बधुको आत्मालाई एक बनाउने काम गरिन्छ ।
उपरोक्त धर्म शास्त्रीय व्यवस्थाबाट हिन्दु धर्ममा पति पत्नी चन्द्रमा संग चाँदनी देह संग छाँयालाई छुट्याउन नसके जस्तै एक अर्कामा आबद्ध हुन्छन् । पतिको पत्नी अर्धाङ्गिनी हुन्छे । विवाह पछि नै पुरुषले पूर्णत्व पाउने हँुदा पति र पत्नीको हिन्दु धर्म मा सम्बन्ध विच्छेद हुँदैन ।

 

 
वैदिक साहित्यमा पुनर्भु शब्द प्रयोग गरेर विधवा वा पुनः विवाहको कुरा आउँ सक्छ । तर, विवाह विच्छेदको कुरा कहिँ गरेको छैन । धर्मशास्त्रकारहरुले विवाह गर्दा होम र सप्तपदीको कृत्यबाट विवाह विच्छेद नहुने विधान बनाएको छन् ।
युरोपमा रोमन कानुन अनुसार, विवाहलाई सम्झौता भनिन्छ । मुस्लिम कानुनमा पनि विवाहलाई सम्झौता नै भनिन्छ । सम्झौता त्याग्न सकिन्छ नमान्न सकिन्छ । तर, हिन्दुहरुले विवाहलाई पवित्र संस्कार मानेको छन् । त्यहि भएर सम्बन्ध विच्छेद हुँदैन ।

प्रतिक्रिया

प्रतिक्रिया