विपद् मा मिडियाको भुमिका

रुपन ज्ञवाली

यस वर्ष बाकेमा आएको वाढीको घटनालाई समिक्षा गरौ। राप्तीमा वाढी साउन १० र ११ गते अहिले सम्मकै ठुलो आयो । यसैपनि अनुमान लगाउन सकिन्छ, यति ठुलो पानी राप्तिमा आउदा क्षतिको प्रभाव भने असाधारण हुन सक्छ । राप्तीमा पानीको सहत जल तथा मौषम विज्ञान विभागले तोकेको कुसुमसिस्थत गेज स्टेशनमा खतराको सतह ५ मिटर नाघेर ८ पुग्यो ।

५ देखि ६ घन्टामा राप्ती नजिकका वस्ती रहेको क्षेत्रमा वाढीले ठुलै प्रभाव पार्ने पुर्वानुमान जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र वाँकेले गरि सकेको थियो । त्यसैको
आधारमा प्रमुख जिल्ला अधिकारीले सचेत रहन र सुरक्षित स्थानमा गएर वस्न अपिल समेत गर्नुभयो । जुन अपिल क्षण भरमा मिडियाले समुदायसम्म पु¥याए । प्रभावित हुन हुने स्थानका समुदाय समयमै सुरक्षित स्थानमा गए । नसकेका लागि राज्यले हेलीकप्टर प्रयोग गरि ८ सय ९९ जनालाई सुरक्षित स्थानमा लग्यो । फलस्वरुप पूर्वानुमान गरिएको क्षति हुन पाएन ।

हेर्दा सामान्य लाग्छ, तर यसो हुनमा महत्वपुर्ण कारण भने छ । पछिल्लो समय पूर्वसुचना प्रणालीको विकास हुनु र त्यससगै मिडियाले प्रभावकारी भुमिका निभाउनु । बर्षेनि बाके लगायत तराइका जिल्लामा वर्षातमा ठुला वाढी आउने गर्छ । त्यसले कुनै न कुनै रुपमा मानविय तथा भौतिक क्षति पु¥याएको छ । तर पहिले जस्तो क्षतिको विवरणमा भने न्युनिकरण हुदै गएको छ । समयसगै विकास भएको वाढी पुर्वसुचना प्रणालीको विकास सगै मिडीयावाट भएको प्रभावकारी भुमिका नै विपद् न्युनिकरणमा महत्वपूर्ण भुमिका निभाएको सहजै थाहा पाउन सकिन्छ ।

वास्तवमै विपद्का वेला मिडीयाको भुमीका निकै महत्वपूर्ण हुने गर्छ। यो जति प्रभावकारी छ, हुनपर्छ, त्यतिनै सम्वेदनसिल समेत छ । हामीले सम्प्रेशण गरेको समाचार वा जानकारीले विपद् जोखीम न्युनिकरण गरेको छ। धेरैको ज्यान वचाएको छ । भौतिक क्षति न्युनिकरण भएको छ । तर, विश्लेषण नगर्दा वा आधिकारीकतामा ख्याल नगर्दा यसले थप क्षति निम्ताउन पनि सक्छ भन्ने विर्सनु हुदैन । पछिल्लो समयमा विभिन्न माध्यकका मिडिया जन्मीरहेका छन् । आपसी प्रतिस्प्रर्धाका कारण प्रारम्भिक सूचना सत्य तथ्य भन्दा वाहिर जादा गलत सुचनाका कारणले मानविय सम्वेदनामा चोट पुग्न जान्छ ।

सवेदनशिल विषयमा समाचार सम्प्रेशण गर्नु पूर्व त्यसको सत्य तथ्यको आधिकारीकता वारेमा ख्याल राख्नु अत्यन्तै जरुरी छ । यसो हुन सकेमा मात्र विपदका वेला मिडियाको भुमिका प्रभावकारी हुन्छ । अझ विपद् प्रभावित र सहयोग पु¥याउने मानविय सघसस्थाको विचमा समन्वयकारी भुमिका निर्वाह मिडियाले गर्नुपर्छ। त्यसैगरि मानविय सहायताका नाममा हुने अपारदर्शिता, राहतमा अनियमिततामा पहरेदारी गर्दै प्रभावकारी राज्यको सेवालाई सहयोग पु¥याउन समेत भुमीका निभाउनु थप महत्वपूर्ण हुन्छ। जुन कुरा नेपालका आएका विभिन्न विपद्मा देख्न पाइएको छ ।

विपद् मानव सिर्जित तथा प्राकृतिक पनि हुनसक्छ । त्यसले व्यक्ति, समुदाय अनि राष्ट्रलाई पारेको प्रभावका सन्र्दभमा सुसुचित पार्ने अनि सन्तुलित भै खवर सम्प्रेशण गर्नुपर्ने हुन्छ । विपद्को वेला समुदायलाई आधारभुत आवश्यकता जस्तै, पानी , खानेकुरा, वास, लुगाफाटो, सुरक्षा र स्वास्थ्य सेवा जरुरी हुन्छ । यस्ता वेला मिडीयाले विपदमा परेको वास्तविकता वाहीर ल्याउदा राहत प्रतिकार्य प्रभावकारी हुन्छ । जसले प्रभावलाई कमगर्दै सामान्य अवस्थामा पु¥याउन महन्वपुर्ण भूमिका खेल्छ।

विश्वमानै मिडियाको भूमिका विपदमा आवश्यक हो भनेर स्विकार गरिसकेको अवस्था हो । यस क्रममा स्थानिय सञ्चार माध्यमको भुमीका थप महन्वपुर्ण रहन्छ । विपद् पछिको अवस्थामा विपद् भन्दा अन्य कारण हरुले समाजमा नकारात्मक प्रभाव पारेको उदाहरणहरु छन् । त्यस तर्फसमेत सचेत वनाउन मिडीयाको भुमिका रहनु पर्छ । विपद्को विवरण टिप्नेमा मात्र पत्रकारको भुमीका सिमित नगरी विपदवाट मानिसले भोग्नुपर्ने जोखिम, मनोबैज्ञानिक असर सगै उनिहरुले प्राप्त गर्नसक्ने मानविय सहयोगवारेका पनि खुलाउनु वढि उपयोगी हुन्छ ।

नेपालमा २०७२ बैशाख १२ र २९ मा गएको विनासकारी भुकम्पमा वखतमा पनि मिडियाले सकारात्मक भुमिका खेलेको पाइयो । जसले गर्दा विपद् प्रतिकार्य , पुर्वतयारी समेत सहयोग पुगेको विभिन्न प्रतिवेदनहरुमा देख्न पाइन्छ । भुकम्प लगतै राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले राहत वितरणमा सहयोगी भुमीका निभाए । राज्यको उपस्थिति नभएको ठाउमा जान बाध्य पारे । यि सवै घटनाले विपद्मा मिडियाको भुमिका कति महत्वपूर्ण छ । छलङ्ग छ । भौगोलिक अवस्था तथा स्रोत साधनको अभावका कारण विपदका समयमा सुचना सम्प्रशण कालागि विदेशी मिडियाको भरपर्नुपर्ने अवस्था आयो। भुकम्पको वेला सुचना सम्प्रशणमा विदेशी मिडियाले खेलेको भुमीकावाट पनि धेरै सिकाइ भएको छ । सकारात्मक या नकारात्मक त्यो छुटै वहसको विषय वन्न जाला ।

मिडियाले विश्वसनिय सुचना दिदा तत्काल उद्धारकार्यमा सहायता पुग्छ नै । अझ विपद आउनु पुर्वको जोखिमपूर्ण अवस्था र त्यसको सामना गर्नको लागि समुदायले गरेको तयारी, समुदायको तत्कालको आवश्यकताको आकलन , सहायता र विपद् पछिको विकासको अवस्था मिडियाले जोड दिनुपर्ने विषयहरु हुन सक्छन् ।

(ज्ञवाली, सुचना व्यवस्थापन अधिकृत, नेपाल रेडक्रस सोसाइटी अन्र्तगत जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बर्दिया)

प्रतिक्रिया

प्रतिक्रिया