खजुरागाउँपालिकाले सार्वजनिक गर्यो ‘एप्स’

सुचना प्रविधिको प्रयोगमा अगाडी सर्दै खजुरा गाउँपालिकाले आफ्नो मोबाइल एप्लिकेसन (एप्स) सेवा सञ्चालनमा ल्याएको छ । ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाइन मार्फत संचालनमा ल्याइसकेको खजुराले मंगलवारबाट आफ्नै मोवाइल एप्स सञ्चालनमा ल्याएको हो । खजुरा गाउँपालिकाले जनताले पाउने सेवा सुबिधाको सूचना प्रबिधिबाटै जानकारी दिने उद्देश्यले मोबाइल एप्स् सञ्चालनमा ल्याएको जनाएको छ ।

 
खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले मंगलवार बिधिवत रुपमा एप्स सेवा सञ्चालन सुभारम्भ गर्दै ‘घरमै बसेर पनि गाउँपालिकाले प्रबाह गर्ने सेवा बारे बुझ्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याइएको’ बताए । सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याइएको जानकारी दिंदै कक्षपतिले त्यसबाट प्रविधिको भरपुर प्रयोग सजिलै गर्न सकिने बताए ।

 
एप्स्मा गाउँपालिकाका सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा बिबरण, महत्वपूर्ण स्थानहरुको जानकारी र आपत्कालिन नंम्बर उपलब्ध हुने व्यवस्था गरिएको छ । गाउँपालिकाले दिने सेवा प्रबाहलाई अझ प्रभावकारी बनाउन मोबाइल एप्स्ले टेवा पुग्नेमा प्रमुख कक्षपतिले विश्वास व्यक्त गरे । खजुरा गाउँपालिकाले यस अघिनै ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाइन मार्फत सेवा सञ्चालनमा ल्याइसकेको छ ।

 
खजुरा गाउँपालिकाका सूचना प्रबिधि अधिकृत सुरेश साहुले एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेसनमा गएर खजुरा म्युुनिसिपालिटी टाइप गरेपछि डाउनलोड हुने एप्स् इन्स्टल गरी प्रयोगमा ल्याउन सकिने जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया