स्वास्थ्य बीमाको तयारीमा खजुरा

४६ औं जिल्लाका रुपमा बाँके पनि सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने भएपछि खजुरा गाउँपालिकाले प्रभावकारी बनाउन तयारी सुरु गरेको छ ।

 
४६ औं जिल्लाका रुपमा मंसिर १ गतेबाट स्वास्थ्य बीमा लागु हुने भएपछि नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड ५ नं प्रदेश बुटवलले खजुरा गाउँपालिकामा पनि स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण दिनुका साथै स्थानीय तहमा समिति गठन गरेको हो । आइतबार आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले स्वास्थ्य बिमा कार्यक्रम जनताका लागि अति उपयोगी भएकोले बिमा कार्यक्रम सफल पार्न सबैको जिम्मेवारी भएको बताए । उनले खजुरा गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताए ।

 
नेपाल सरकारको नीति अनुरुप खजुरा गाउँपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको हो । खजुरा गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मी, बिभिन्न राजनैतिक दल, सरोकारवाला निकाय र नागरिक अगुवाहरुलाई स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण दिने र स्थानीय तहमा समिति गठन गर्ने काम सम्पन्न भएको हो ।
खजुरा गाउमपालिकाका प्रमुखक किस्मत कुमार कक्षपति संयोजकत्वमा गठित स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समितिको सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, पूर्ण खड्का, विश्वराज ढकाल, डा. सन्तोष श्रीपाईली, बेदनिधि प्याकुरेल र सदस्य सचिवमा बोर्डको तर्फबाट दर्ता अधिकृत रहने छन् ।

 
समितिले खजुरा गाउँ पालिकाका सबै वडामा वडा अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गर्ने निर्णय गरेको छ । बाँके जिल्लाका सबै स्थानीय तहमा समिति गठन, प्रशिक्षणको काम र दर्ता सहयोगी गठन गर्दा समय लाग्ने भएकोले फागुन १ गतेबाट स्वास्थ्य बिमा पूर्ण रुपमा लागु हुने स्वास्थ्य बिमा बोर्डका रमेश आचार्यले जानकारी दिए । प्रशिक्षणको काम सम्पन्न भइसकेपछि प्रत्येक वडामा दर्ता सहयोगी चयन हुनेछन् र उनै दर्ता सहयोगीले घर घरमा गएर स्वास्थ्य बिमाको काम अगाडी बढ्ने स्वास्थ्य बिमा बोर्डका गणेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया