१३ वटा राहदानी बोकेर भारतीय क्षेत्रमा गइरहेकी एक महिलालाई जमुनाहा प्रहरीले पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
फरक फरक ब्यक्ति ६ जना महिला र ७ जना पुरुषको राहदानी सहित नेपालगन्ज नाका हुँदै भारतीय क्षेत्रमा प्रवेश गर्न लाग्दा जमुनाहा प्रहरीले महिलालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो ।
भारतीय क्षेत्रबाटै खाली मुलुकमा नेपाली महिला बेचिने गरेको तथ्य बारे आशंका गर्दै त्यसै कोणबाट अनुसन्धान थालेको प्रहरीले राहदानी मध्ये ९ जना ब्यक्तिहरु सम्पर्कमा आएको जनाएको छ ।
महिलाका दाई म्यानपावर कम्पनीमा काम गर्ने ब्यक्ति रहेको र उनले नै महिलालाई राहदानी राख्न दिएको खुलेको छ, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज विर बहादुर थापाले दैनिक नेपालगन्ज संग भने, बुझ्दै जाँदा सामान किन्न रुपईडिहा जान लागेको बेलामा पनि राहदानी संगै राखेको पाइएको हो ।
काठमाण्डौ स्थित एक म्यान पावर कम्पनी मार्फत विदेश जानका लागि राहदानी संकलन गरिएको हो, थापाले भने, कुनै फरक उद्देश्य नदेखिएपनि धेरै राहदानी संगै भएकोले पक्राय गएिको बताए ।
सबै विवरण प्रष्ट भएकोले अब महिलालाई रिहा गरिने थापाले बताए । भारतीय नाकाहरुबाट नेपाली महिलाहरु खालीमा बेचिने गरेको तथ्य बाहिर आएपनि प्रहरीले सो विषयमा सतर्कता अपनाउँदै आएको हो ।