केसीलाई सम्झिए साथीले

सडक दुर्घटनामा निधन भएका प्रज्वल केसीको सम्झनामा बुधबार नेपालगन्जमा उनका साथीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नरेन्द्र शाहीका अनुसार, केसीको दुर्घटना स्थल सुर्खेतरोड गुल्म नजिक दिप प्रज्वलन गरी सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका लागि ठूलो संख्यामा उनका साथीहरु जम्मा भएका थिए ।

प्रहरीले केसीको दुर्घटनामा निधन भएको प्रारम्भिक जानकारी गराएपनि पछि केसी सँगै दुर्घटनामा परेको साथीले प्रहरीलाई मोटरसाइकलले ठक्कर दिंदा उनको मृत्यु भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया