‘रमाजानको समयमा निर्वाचन मुस्लिमहरुलाई सहभागी हुन नदिने नियत’  एमाले बाँके

दोश्रो चरणको स्थानीय निर्वाचनको रमाजान शुरु हुनु भन्दा अगाढि गराउन एमाले बाँकेले माग गरेको छ ।, जुन समयमा इस्लाम धर्मावलम्बीहरु निरहार ब्रत बस्छन्, त्यही समयमा निर्वाचन प्रक्रिया बढाउन खोज्नुले उनीहरुलाई निर्वाचनमा सहभागि हुन नदिने नियत त हैन भन्ने गम्भीर प्रश्न उठेको एमालेले बताएको छ ।

जिल्ला पार्टी सचिव रत्न खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, दोश्रो चरणको घोषित मितिले राज्यले संविधानमा व्यवस्था भएको धर्म निरपेक्षताको समेत खिल्ली उडाएको छ ।

एमालेले स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गतेको निर्वाचन आयोगको सम्पूर्ण तयारी, राजनीतिक पार्टी र जनता समेत निर्वाचनको तयारीमा होमिएको अवस्थामा सरकारले विना कारण जनतालाई भौगोलिक रुपमा विभक्त र विभाजित हुने गरी दुई चरणको निर्वाचन घोषणा को एमालेले निन्दा र भत्सना गरेको छ । Top of Form

 

प्रतिक्रिया

प्रतिक्रिया