२५ कठ्ठामा लगाइएको गहु जल्यो

शुक्रबार नेपालगन्ज–१७ थुकैलामा भएको आगलागीमा २५ का बढी जग्गामा लगाएको गहुँबाली नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, ४ बजे लागेको आगो २ घण्टा पछि स्थानीयबासी, प्रहरी र दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा स्थानीय केदार धोबीको ५ का, दुखिलाल यादवको २.५ का, सोहितलाल यादवको १० का, मुन्निलाल कायस्थको २ का, डिकौलाल कोरीको २ का, सतिस कहारको ४ कामा लगाइएको गहुँबाली जलेको प्रहरीले दिएको जानकारीमा उल्लेख छ । विद्युत सर्ट हुँदा आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।

त्यस्तै, बाँके राष्ट्रिय निकुञ्जमा शुक्रबार आगलागी भएको छ । राप्तीसोनारी गाउँपालिका १ वैरिया स्थित निकुञ्ज क्षेत्रमा आगोलागी भएको जिल्ला प्रहरी कार्याल्य बाँकेले जानकारी दिएको छ । आगलागी नियन्त्रणका लागि स्थानीयबासी, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिएको थियो । गर्मीयाममा बा“केमा हुने आगलागीका घटनामा ठूलो क्षति हुने गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया