प्रेस मञ्च नेपालको केन्द्रीय निर्णय अनुरुप आइतबार मधेसका विभिन्न जिल्लाहरुमा सहिदहरुको सम्मानमा मैनबती जुलुस आयोजना गरिएको छ । सोही क्रममा बाँके शाखाद्वारा नेपालगन्जको त्रिभुवन मैनबत्ती जुलुस सँगै कोण सभा आयोजना गरेको छ ।
कोण सभामा बोल्दै प्रेस मञ्च नेपाल केन्द्रीय बरिष्ठ उपाध्यक्ष आशिष गुप्ताले सहिदहरुको कुर्बानी खेरि नजाने धारणा राख्दै मधेसको माग सम्बोधन बिना देशमा निर्वाचन नहुने दावी गरेका थिए । सभामा बोल्दै मधेसी नागरिक समाजका अगुवा आदेश अग्रावलले मधेसको माग पूरा हुनु नै सहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली हुने जिकिर गरे ।