कृतिका दवाडी
हरेक रात आउँछ उ बलात्कार गर्न मलाई
उसले अधिकार पाएको छ भोग्ने मलाई

समाजको नजरमा उ मेरो पति, म उस्को नारी
मेरो नजरमा उ मेरो शरीर भोग्ने बलात्कारि

थेग्दैछु समाजले दिएको यो लोग्ने स्वास्निको पगरी
थाहा छैन कहिले सम्म थेग्न सक्छु म तिम्रो शरीरको भारी

सधै उज्यालो हुन्छ सुर्यको उदयसंगै तर मेरो लागि रात र दिन सबै उस्तै अन्धकारै अन्धकार
अन्धकारमा गुम्सिएको यो जिन्दगीका हरेक पाइलामा दुनियाँको डर र त्रास छ समाजको

बिद्रोहको आवाजसँगै सोच्द्छु के डर,
तर मनको अन्तरकुनाबाट आवाज आउँछ तँ बन्धक होस् यो समाजको

सोच्दछु बदलिन्छ समाज केही समयमा
उदाउने छ नयाँ उमंग मेरो जिवनमा

मुक्त हुनेछु म यो पिजँडाबाट तर अफसोस् समाज कै पदचाप हिडिदिन्छ समय
र कुर्दैछु साँझमा अस्ताउने सुर्यजस्तै मेरो आश मरेको जिन्दगीको अस्ताउने घडी

प्रतिक्रिया

प्रतिक्रिया