नयाँ वर्ष २०२५ को सुरुवातसँगै सिद्धार्थ कटेज नेपालगञ्जले फेरि पनि दोस्रो पटक म:म फेस्टिवल गर्ने भएको छ।

नेपालगञ्जमा पहिलो म:म फेस्टिवल २०८० माघ ११, १२ र १३ गते भएको थियो। त्यतिखेरको म:म फेस्टिभलमा ४० भन्दा बढी प्रकारका म:म राखिएका थिए। दोस्रो म:म फेस्टिवल यही पौस २५, २६ र २७ गते हुने भएको छ। यो तीन दिनको हुने म:म फेस्टिभलमा प्रत्येक दिन फरक फरक कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।
फेस्टिवलको पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेल सहितको टिमको नृत्य प्रस्तुत हुनेछ भने फेस्टिभलको दोस्रो दिन नेपालगञ्जकै स्थानीय लाइभ ब्यान्ड द समय ब्यान्ड सँगसँगै म:म मेकिङ एण्ड कुकिङ कम्पिटिसन पनि सोही दिन हुनेछ। हुनेछ म:म मेकिङ एण्ड कुकिङ कम्पिटिसनको लागि।
निःशुल्क नाम दर्ता गर्न सकिनेछ। नाम दर्ता गर्नको लागि सिद्धार्थ कटेज नेपालगञ्जको रिसेप्सनमा गएर दर्ता गर्न सकिनेछ। म:म फेस्टिभलको अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मा सँगै स्थानीय कलाकारहरूको लाइभ दोहोरी र नृत्यसँगै कम्युनिटी कुकिङ कम्पिटिसन पनि रहनेछ। सिद्धार्थ कटेज नेपालगञ्जकै मुटुमै रहेको पारिवारिक वातावरण भएको रेस्टुरेन्ट हो। नेपालगंजमै होटल सिद्धार्थ ४ तारे लगजरी होटलसँगै सिद्धार्थ अन्तर्गत देशभरका बिभिन्न स्थानमा होटेल, रिसोर्ट, रेष्टुरेन्ट, क्याफे सहित ३० वटा आउटलेटहरु संचालन गर्दै आएको छ।
आगामी दुई महिना भित्रमा सिद्धार्थ कटेज धनगढी र सिद्धार्थ कटेज योगीकुटी बुटवल सँगै नेपाल बाहिर भारतको बहराइजमा तारे होटल सिद्धार्थ ले सेवा प्रदान गर्ने भएको छ।