कोरोना कहरः बाँकेमा थपिए ५२१ संक्रमित

बाँकेका दुई वटा ल्याबमा मंगलबार ६ सय ४ जना कोरोना संक्रमित थपिएकोमा बाँकेका मात्रै ५२१ जना छन् ।
भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा गरिएको ९ सय २४ जनाको परीक्षणमा ६ सय ४ जनालाई कोरोना पुष्टि भएको हो । ती मध्ये २५५ महिला सहित ५२१ जना बाँकेका छन् । अन्य ८३ जना विभिन्न जिल्लाबाट उपचारका लागि आएका विरामी हुन् ।
भेरीमा ६ सय २५ जनाको परीक्षण गरिएकोमा ३ सय ९४ र मेडिकल कलेज, कोहलपुरमा २ सय ९९ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय १० जनामा कोरोना देखिएको डिसिसिएमसीका कोरोना फोकल पर्सन तेज ओलीले जाकनारी दिएका छन् ।

रिपोर्टपछि आत्तिन्छन् कोरोना संक्रमित

प्रतिक्रिया

प्रतिक्रिया