अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै अधिकारीलाई घुस सहित पक्राउ गरेको पुष्टि गरेको छ । अख्तियारले दिएको जानकारी यस प्रकार छ ।
प्रेस विज्ञप्ति:- मिति २०७५।१०।१४ गते
———————————————
घुस रकम सहित नियन्त्रणमा लिइएको
————————————
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरिक्षक जन्म अधिकारीले आयोगमा अनुसन्धान भै रहेको मुद्दा तामेलीमा राखी दिने भनी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू.१,००,०००।–(एक लाख) घुसबापतको रकम माग गरेको प्रमाण सहित बर्दिया राष्ट्रिय निकुन्जको चेकपोष्टबाट मिति २०७५/१०/१३ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता