कोहलपुर मतगणना : रोमान्च थपिदै

नेपालगन्जन्यूज ।  बाँकेमा भइरहेका मतगणनाहरुमा सबैभन्दा ढिलो परिणाम कोहलपुर नगरपालिकाको आइरहेको छ ।

अहिले सम्म कोहलपुरमा १५ वडामध्ये १० वडाको मात्र मतगणना सकिएको छ ।

मेयरमा एमालेका लुट बहादुर रावत ६५०७ मत ल्याई कांग्रेसका भानुभक्त भटराइको ६२०६ रहेको छ । मेयरमा मतान्तर २९८ मतको मात्र हो ।

यसैगरी उपमेयरमा मतान्तर ११५ को रहेको छ । एमाले का कृष्णी चौधरी को ६८७३ र कांग्रेस का संजु चौधरीको ६७५८ रहेको छ ।

अब गणना हुन बाँकि ६ देखि १० वडाहरुले नै मेयर र उपमेयरका छान्न निर्णायक भूमिका खेल्छ ।

वडा नंं. ६ त्रिभुवन मावि कोहलपुर पछाडिको बस्ती हो । यो बस्ती कांग्रेस उपमेयर संजु चौधरीको घर रहेको बस्ती पनि हो । यहाँ बाट कांग्रेसले लिड गर्नेमा कांग्रेस कार्यकर्ता ढुक्क छन् ।

वडा नं. ७ र ८ मा एमालेले मतान्तर बढाउछ, एमाले जिल्ला सदस्य उमेश गुरागाई भन्छन् । वडा नं. ८ हवल्दारपुरबाट भित्रको बस्ती हो भने ८ नं. वडा पिपरी हो ।

वडा नं. ९ मतगणना भइरहेको पिपरी क्षेत्र हो । यहाँ कांग्रेस बलियो छ । तर मेयरमा एमालेका लुट बहादुर रावतलाई मत आउन सक्छ । यहाँबाट मेयरमा चाहि लिड गर्न सकिन्छ ।

यसैगरी वडा नं. १० चटार क्षेत्र हो । यो कांग्रेसको परम्परागत रुपमा बलियो प्रभाव रहेको वडा हो । यद्यपी यहाँ बाट फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवारले कांग्रेसको मत काट्ने सम्भावना रहेको छ ।

विगत एक महिना देखि स्थानीय चुनावमा कोहलपुरमा सक्रिय गुरागाई भन्छन्, सय देखि दुइ सय मतले जीत्न सकिन्छ होला ।

प्रतिक्रिया

प्रतिक्रिया