५ वडा नगन्दै धवलको जीत सुनिश्चित

नेपालगन्जन्यूज । नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा राप्रपाका धवल शम्शेरले ५ वडा नगन्दै विजयी बन्ने पक्का भएको छ ।
अहिलेसम्मको घोषित परिणाम अनुसार उनले ११००८ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका डा. सुरेस कुमार कनोडियाले ७६५९ मतले पछ्याइरहेका छन् । अर्थात मतान्तर ३३४९ रहेको छ ।
अहिलेसम्म वडा नंं. १ देखि १२ र १७ देखि २३ वडा गणना भइसकेको छ । गणना हुन बाँकि ४ वडाहरु साविकका पिप्रहवा, भवनियापुुर र जैसपुर गाविस सहित बुलबुलिया रंगशाला क्षेत्र हो । १०१२१ मत रहेको यी ४ वडाहरुमा करिब ७००० को हाराहारीमा मत खसेको बताइन्छ ।
वडा नंं. १३ र १४ राप्रपाको पकड क्षेत्र समेत मानिन्छ । मतगणनामा संलग्नहरु भन्छन्, अहिलेसम्मको रुझान हेर्दा ३३४९ को मतान्तर घट्ने सम्भावना छैन । प्यानल मतहरुको चाङले पनि डा. धवललाई उछिन्न सकिदैन ।
उपप्रमुखमा उमाको सम्भावना बढ्यो
उपमेयरमा नेपाली कांग्रेसका उमा थापा मगरको सम्भावना बढेको छ । उमाले राप्रपाका रमारानी गुप्ता भन्दा १४१५ मतले अग्रता लिइरहेकि छन् ।
उनको मत ९०७४ रहेको छ भने गुप्ताको ७६५९ रहेको छ । यसैगरी एमाले कि शान्ति ढकालको ७ हजार ९२ मत रहेको छ ।
मतगणनालाई नजिकबाट नियालीरहेकाहरु भन्छन्, करिब ७ हजार मतमा १४ सयको मतान्तरले मायने राख्छ ।

प्रतिक्रिया

प्रतिक्रिया